२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजधानी नजिकको आकर्षक पर्यटकीय गन्तव्य बन्दै हेलम्बु ग्रेट ट्रेल

वार्षिक १० लाख पर्यटक भित्र्याएर अर्थतन्त्र उकास्ने हेलम्बुका अध्यक्षकाे लक्ष्य



सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्यटकीय पूर्वाधारले गति लिएको छ । नेपालमै पहिलो पटक ग्रेट टेल निर्माणको काम थालको हेलम्बुले स्थानीय ग्रामिण सडकलाई कालोपत्रे गरेर पर्यटकीय पूर्वाधार निर्माणको गति बढाएको हो ।

नेपालमै पहिलो र नमुनाको ग्रेट ट्रेल हेलम्बुमा निर्माण भईरहेको छ । छिमेकी मुलुक चिनको ग्रेटवाल जस्तै नेपालमा पनि हेलम्बु ग्रेट ट्रेल बनिरहेको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा हेलम्बुलाई विकास गर्ने उद्देश्यले गाउँपालिकाले निर्माण सुरु गरिएको ग्रेट ट्रेलका लागि प्रदेश र संघिय सरकारले पनि सहयोग गर्न थालेका छन् ।

५ वर्षमा हेलम्बु गाउँपालिकालाई जम्मा १ अर्व बजेट आउँछ तर हेलम्बुले बनाउन सुरु गरेको ग्रेट टे«लको लागत मात्रै करिब ४ अर्व लाग्ने आँकलन गरिएको छ । ६० किलोमिटरको यो ग्रेट ट्रेल निर्माण सम्पन्न गरेर ग्रेट ट्रेलको देशका रुपमा नेपालको परिचय बनाउने र पर्यटन मार्फत यसक्षेत्रको अर्थतन्त्र उकास्ने लक्ष्य लिइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । वार्षिक १० लाख पर्यटकलाई हेलम्बु ग्रेट ट्रेलमा ल्याइने अध्यक्ष शेर्पाको भनाई छ ।

हेलम्बु क्षेत्र उसैपनि पर्यटकीय गन्तव्य हो । यहाँ दर्जनौं आकर्षक पर्यटकीय गन्तव्यहरु छन् । प्रचुर सम्भावना रहेका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गरिरहेको हेलम्बु गाउँपालिकाले पालिका भित्रका सबै मुख्य सडक कालोपत्रे गर्ने भएको छ ।

हेलम्बु घुम्न आउने पर्यटकलाई सहजता दिलाउन र विकासलाई दिगो बनाउन पालिका भित्रका ७ वटै वडाका मुख्य सडक पिच गर्ने गाउँपालिकाले नीति अघि सारेको हो ।

पालिकाले बजेटको स्रोत सुनिश्चितताका लागि माथिल्ला निकायसँग पहल गरिरहेको र ५ वर्षभित्र हेलम्बुका सबै ग्रमिण सडकहरु स्तरोन्नती गरिने मुख्य सडक पिच गरिने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । अध्यक्ष शेर्पाका अनुसार पालिकाले सडकहरुको डिपिआर बनाएर योजना अघि बढाएको छ ।

यसैबीच चनौटे थापाटारदेखि घोप्टेघ्याङसम्म ग्रावेल र पिचका लागि २७ करोड ९८ लाख १३ हजार  बजेट स्वीकृत भएको छ । चनौटे, थापाटार, इचोक, कुटुम्साङ सडकको घोप्टेघ्याङ गोसाइँकुण्ड मार्गसम्मको सडक पिच गर्ने हेलम्बु गाउँपालिकाको डिपिआरका आधारमा पूर्वाधार कार्यालय चौतारामार्फत प्रकृया अघि बढाइ प्रदेश नीति तथा योजना आयोगबाट बहुवर्षिय आयोजना अन्तर्गत यो सडक योजना स्वीकृत भएर बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ११ पुस बुधबार ००:००  १२ : ५५ बजे