२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर, ७ देखि १० वर्ष सजाय हुनसक्ने



जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो ।

न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् ।

यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन ।

अदालतले गौशाला २६ लाई बालिग ठहर्याएको छ । उमेरले बालिग भएपनि जबरजस्ति करणी गरेको भन्दै अदालतले सन्दीपलाई सजाय सुनाएको हो ।

सजाय निर्धारणका लागि २५ गते पेशी तोकिएको छ ।

प्रकाशित मिति : २०८०, १३ पुस शुक्रबार ००:००  ७ : २६ बजे