२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छिन्नमस्ताका अध्यक्षको अग्रगामी कदम : फेरिँदै परिचय, बढ्दै परिवर्तन

अस्तव्यस्त छिन्नमस्ता उत्कृष्ट बन्दै



२ वर्ष अघिसम्म अस्तव्यस्त सप्तरीको छिन्नमस्ता गाउँपालिका अहिले उत्कृष्ट बनेको छ । स्थानीय तहको पहिलो निर्वाचन २०७४ बाट निर्वाचित जनप्रतिनिधिले लयमा ल्याउँन नसक्दा अनेकौं विवादमा फसेको छिन्नमस्ता २०७९ मा निर्वाचित वर्तमान जनप्रतिनिधिले कार्यभार सम्हालेयता उत्कृष्टताको लय पुगेको हो ।

२०७४ को निर्वाचनपछि छिन्नमस्ताले लगातार ३ वर्षसम्म बजेट नीति, कार्यक्रम ल्याउन सकेको थिएन । विकास निर्माणका कामहरु ठप्प थिए । नागरिकका आधारभुत आवश्यकताहरुमा स्थानीय सरकारले साथ दिन सकेको थिएन । स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी लगायतका कुनैपनि शिर्षकमा काम हुनसकेको थिएन । तत्कालिन अध्यक्ष र उपाध्यक्षका बीचमा कार्यपालिका बैठकमै कुटाकुट भएको थियो । विवाद बढ्दै गएपछि जनप्रतिनिधि बीच नै मुद्धा मामलो भएको थियो । हरेक विषयलाई राजनीतिक रंग दिएका कारण तत्कालिन जनप्रतिनिधिको कार्यकाल असफल त भयो नै पालिकाको समग्र विकास समेत रोकियो र छिन्नमस्ताको परिचय कार्यसम्पादनमा पूर्ण असफल र विवादित बन्न पुग्यो ।

वर्तमान जनप्रतिनिधिले छिन्नमस्ताको विगतको विवादित र असफल परिचय बदलेका छन् । अघिल्लो कार्यकाल नीति कार्यक्रम ल्याउन र बजेट पास गर्न नसक्ने, कुनै निर्णय गर्न नसक्ने छिन्नमस्ता गाउँपालिका अहिले मधेश प्रदेशमै सबै भन्दा पहिला बजेट ल्याउने, उत्कृष्ट नीति बनाउने, नागरिकका आधारभुत आवश्यकता पुरा गर्न रचनात्मक काम गर्ने पालिकाको रुपमा स्थापित भएको छ । वर्तमान जनप्रतिनिधिले परिचय मात्रै बदलेका छैनन् पालिकाको विकासका लागि गरेका कामले छिन्नमस्ताको परिवर्तन समेत हुन थालेको छ । अहिले गाउँ गाउँमा विकास पुगेको छ । नागरिक लक्षीत कामहरु भईरहेका छन् ।

गाउँपालिमा प्रसुती सेवा सहितका सुविधासम्पन्न स्वास्थ्यका भवनहरु निर्माण भएका छन् । विद्यालयका भवनहरु बन्नेक्रममा छन् । सडक स्तरोनन्तीसहितका पूर्वाधार विकासका कामले गति लिएको छ । नागरिक सरोकारका अन्य सामाजिक काममा जनप्रतिनिधिले स्थानीय सरकारको महसुस दिलाउने गरि काम गरिरहेका छन् ।

धमिलो विगतलाई बदलेर समृद्ध छिन्नमस्ता बनाउने लक्ष्य अनुसार योजनावद्ध काम गरिरहेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए । विगतमा पार्टीगत प्रतिशोधका कारण स्थानीय सरकार सञ्चालनमा समस्या आएको देखेर राजनीतिक दलका मुद्दामा केन्द्रित नभई जनताका मुद्दा बोक्ने जनप्रतिनिधिको टिम बनाएको र अन्य सबै सरोकारवालाको साथ लिएर विगतमा बदनाम बनेको छिन्नमस्तालाई अब्बल पालिकाका रुपमा स्थापित गराउन लागि परेको अध्यक्ष चौधरीले अनलाइन सरोकारसँग बताए । ‘विगतमा यो पालिका अत्यन्तै विवादित थियो । बजेट ल्याउन, कुनै निर्णय गर्न नै सक्ने अवस्थामा थिएन । ति समस्याहरु देखेर नै हामीले त्यसो होइन यो पालिकालाई सफल र अब्बल बनाउनुपर्छ भनेर आएका हौं ।’ अध्यक्ष चौधरीले भने, ‘पार्टी पार्टीका कुरा होइन जनताको कुरा गर्ने र गाउँको विकास गर्ने पार्टी बनेर जाऔं भनेर सबैलाई समेटेर अघि बढेको छु । अब विगतको जस्तो समस्यामा फस्ने होइन, छिन्नमस्ताको जसरी स्थानीय सरकार चलाउनुपर्छ भन्ने सन्देश दिन्छौं ।’ सिमित स्रोतले असिमित माग र आवश्यकता पुरा गर्नुपर्ने बाध्यताका बीच जनसेवामा स्थानीय सरकार जुटेको उनको भनाई छ ।

स्थानीय तह सफल हुन नेतृत्व गर्ने व्यक्तिमा भरपर्छ भन्ने ज्वलन्त उदाहरण छिन्नमस्ताले दिएको छ । अघिल्लो कार्यकालका गाउँपालिका अध्यक्ष सूर्य नारायण मण्डल वृद्धभत्ता खाने उमेरका थिए । अहिलेका अध्यक्ष चौधरी पालिका अध्यक्ष निर्वाचित हुँदा २५ वर्षका थिए । अध्यक्ष चौधरीको युवा जोश र अग्रगामी सोचलाई पालिकाका सबै सरोकारवाला र सर्वसाधारणले साथ दिँदै आएका छन् ।

पालिकामा विवाद र अनियमितताको चाङ देखेर जनप्रतिनिधि र संघियताप्रति नै रुष्ट बनेका छिन्नमस्ताका स्थानीय वर्तमान जनप्रतिनिधिको कामबाट निकै खुसी छन् ।

प्रकाशित मिति : २०८०, १५ पुस आइतबार ००:००  १ : ४४ बजे