२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ का मुख्य न्यायाधिवक्तामा कोरोना



काठमाडौं । प्रदेश १ का मुख्य न्यायधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर-५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना संक्रमण देखिएको हो ।

मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो । आइतबार उनीसहित परिवारका सदस्यमा कोरोना परिक्षण गर्दा तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी गरिएको छ ।

आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुल्न सकेको छैन । बैठकहरुका क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुन सक्ने अनुमान गरिएको छ । प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारीहरु सतर्क बनेका छन् । यो घटनाले अब भीआईपीहरु पनि असुरक्षित रहेको संकेत गरेको छ ।

प्रकाशित मिति : २०७७, १९ श्रावण सोमबार ००:००  ७ : ०९ बजे