२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा लेक लागेर १ पुरुषकाे मृत्यु



ओखलढुंगामा लेक लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका ३ खिजीचण्डेश्वरीका ५३ वर्षिय जितबहादुर सुनुवारको लेक लागेर सोमबार मृत्यु भएको हो ।

अंग्रेजी नयाँवर्ष २०२४ को पहिलो दिन घरबाट साथीहरुसँग घुम्न निस्केका सुनुवारलाई पिके जानेक्रममा सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने खिजीदेम्बा ९ भुलभुलेमा लेक लागेको थियो । लेक लागेर एक्कासि बेहोस भई ढलेका सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए  । सुनुवारसहित खिजीदेम्बाका युवाहरु नयाँ वर्षको अवसर पारेर यसक्षेत्रकै प्रमुख पर्यटकीय क्षेत्र थोलेदेम्बा, भुलभुले हुँदै पिकेडाँडासम्मको यात्रामा थिए ।

घुम्नहिँडेका मध्येका १ जनाको बाटैमा मृत्युभएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय खिजीफलाटेबाट खटिएको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

कठ्याङ्ग्रीदो चिसोका कारण लेकाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित मिति : २०८०, १६ पुस सोमबार ००:००  ९ : ०९ बजे