२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा वज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा गरिँदै



ओखलढुंगामा पहिलो पटक वज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा आयोजना गरिने भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका ४ स्थित नाम्ड्रोल थर्पालिङ गोन्पा चर्नालुमा यहि फाल्गुण २७ गतेदेखि चैत्र ४ गतेसम्म वज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा गरिने भएको हो ।

चर्नालु गुम्बाका प्रमुख लामा ङवाङ थोचेनको समन्वयमा ८ दिनसम्म सञ्चालन हुने विश्व शान्ति पुजामा करिब ५ सय लामा, भक्तजन र अनुयायीहरुले मन्त्रजप गर्नेछन् ।

विश्वभर बढ्दै गएको हत्या, हिंसा, कुरिति र बिसंगतीको अन्त्यका लागि धार्मिक मान्यता अनुसार कलियुगको सहाराका रुपमा मानिने गुरु पद्यशम्भावको जप गर्दा विश्व शान्तिको सन्देश प्रवाह हुने नाम्ड्रोल थर्पालिङ गोन्पा चर्नालुका प्रमुख लामा ङवाङ थोचेनले बताए । शान्ति, सद्भाव कायम हुने धार्मीक सचेतना बढ्ने र यसक्षेत्रको पर्यटन विकाससँगै रोजगारी र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको भनाई छ ।

जिल्लामा पहिलो पटक हुन लागेको ऐतिहासिक वज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजालाई सफल बनाउन आफ्नो ठाउँबाट ऐक्यवद्धता जनाउन र कार्यक्रममा सहभागिता जनाएर धर्ममा चित्तलगाई पुन्य कमाउन लामा थोचेनले सबैमा अपिल गरेका छन् ।

नाम्ड्रोल थरपालिङ गोन्पा चर्नालु र हिमालयन शेर्पा बौद्ध सांस्कृतिक समाजको संयुक्त आयोजनामा हुने बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजामा टुल्कु ङवाङ थार्छिन रिन्पोछे लगायतका लामा गुरुहरुले पाठ गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति : २०८०, १७ पुस मंगलबार ००:००  ३ : ०७ बजे