२०८२, ५ माघ आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशको पहिलो पोषणमैत्री स्थानीय तह बन्दै जुम्लाको गुठीचौर

गाउँसभाबाट पाँच विधेयक पारित



जुम्लाको गुठीचौर गाउँपालिका कर्णाली प्रदेशको पहिलो पोषणमैत्री स्थानीय तह बन्ने भएको छ । कुपोषण हटाई पोषणमैत्री पालिकाको सूचक पुरा गर्नेमा हालसम्म कर्णाली प्रदेशमा गुठीचौर अगाडी छ ।

सोमबार बसेको गाउँसभाले पोषणमैत्री स्थानीय तह तथा वडा घोषणा कार्यविधि पारित गरेको छ । पोषणमैत्री पालिकाको सूचक पुरा गरेर गुठीचौरलाई सफा सुन्दर स्वस्थ र उत्कृष्ट पालिका बनाउने योजना अनुसार कार्यविधि ल्याइएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए । पालिका भित्रका सबै वडालाई क्रमशः पोषणमैत्री वडा घोषणा गरेर सबै सुचक पुरा भएको एकिन भएपश्चात पोषणमैत्री पालिका घोषणा गरिने अध्यष बुढाको भनाई छ ।

सत्रौं गाउँसभाले भवन निर्माण तथा नक्सापास कार्यविधि, प्राविधिक फिल्ड भत्ता कार्यविधि, भूकम्पीय जोखिम मूल्याङ्क मापदण्ड, खर्च व्यवस्थापन र पोषणमैत्री स्थानीय तह तथा वडा घोषणा कार्यविधि पारित गरेको छ । सबै नीति, कार्यविधि र विधेयक सर्वसम्मतिले पारित भएका हुन् ।

पालिकाको कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखी बनाउन कार्यविधि तथा मापदण्ड पारित गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १७ पुस मंगलबार ००:००  ४ : २९ बजे