२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किसानमैत्री लिसंखुपाखर : हस्तान्तरण गर्दै सीप, साधन र अनुदान, बढाउँदै उत्पादन



कृषि र पशुपालन मार्फत समृद्धिको संकल्प अघि सारेको सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले कृषि र पशुपालन मार्फत किसानलाई आत्मनिर्भर बनाउन थालेको छ ।  पालिकाका किसानलाई विभिन्न सीप, सीपसिकेकालाई साधन, प्रविधि र उत्पादनमा आधारित अनुदान जस्ता कार्यक्रम हस्तान्तरण गर्दै लिसंखुपाखर कृषिको आधुनिकिकरण र उत्पादकत्व वृद्धिमा लागेको हो ।

निर्वाहमुखी खेती प्रणालीलाई व्यसायिकतामा रुपान्तरण गर्न लिसंखुपाखरले माटो परीक्षण गरेर जहाँ जे फल्छ त्यहाँ त्यहि खेती गर्न किसानलाई प्रोत्साहन गर्ने, बिउ बिजनदेखि आर्थिक प्राविधिक सहयोग गर्ने, उत्पादन बढाउने र उत्पादित उपजको ब्राण्डीङ र बजारीकरणमा समेत पालिकाले किसानलाई सहयोग गर्दै आएको छ ।

लिसंखुपारमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना सञ्चालनमा छ । उक्त आयोजना अन्तरगत लिसंखुपाखर–४,अत्तरपुरको एकिकृत बाख्रापालन समुहका २५ जना सदस्यलाई उन्नत जातको बोयर पाठी वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष राजु लामाले किसानलाई बोयर जातका पाठी हस्तान्तरण गरेका हुन् ।

लिसंखुपाखर वडा नंः–२ लिसंखुको उसात्पा कृषि समुहका सदस्यलाई पालिकाले लप्सीको क्यान्डी बनाउने ५ दिने तालिम सञ्चालनमा छ । पालिकाले लप्सीको क्यान्डी बनाउने तालिम लिएकालाई तौल मेसिन वितरण गरेको छ ।

लिसंखुपाखरमा माटो परीक्षण शिविरसमेत सञ्चालनमा छ ।

पालिकाको समृद्धिको आधारका रुपमा कृषि र पशुपालनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका अध्यक्ष राजु लामाको भनाई छ ।

स्थानीय सरकारको दर्विलो साथ पाएपछि लिसंखुपाखरका किसान उत्साहित भएर कृषि कर्ममा जुट्न थालेका छन् ।

प्रकाशित मिति : २०८०, २० पुस शुक्रबार ००:००  ७ : २७ बजे