२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बरहथवामा मेयरविरुद्ध आन्दोलनः प्रहरीको गोली लागेर एक जनाको मृत्यु



सर्लाहीमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर बरहथवा नगरपालिका ५ का जयशंकर शाहको मृत्यु भएको हो ।

सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको स्तरोन्नति गर्ने-नगर्ने विषयमा विवाद चर्केपछि अवस्था तनावग्रस्त बनेको छ ।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध आन्दोलनरत समूह तोडफोड र आगजनीमा उत्रेपछि अवस्था तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि एक जनाको मृत्यु भएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले स्थिती नियन्त्रणमा लिन पहल भइरहेको बताए । उनका अनुसार आन्दोलनकारीले नगरप्रमुखको घरमा तोडफोड र एउटा चारपाङ्ग्रे गाडी जलाएका छन् । अहिले त्यहांको अबस्था तनावग्रस्त छ । प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : २०८०, २० पुस शुक्रबार ००:००  ५ : २२ बजे