२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खत्याडको दुःखः सरकारले देखेन !

गाउँपालिका अध्यक्ष भन्छन्–‘संघ र प्रदेश सरकार स्थानीय तहसँग जोडिएनन्’



संघ र प्रदेश सरकारले सहयोग नगर्दा मुगुको खत्याडको विकास पछि परेको छ । स्थानीय सरकारले अघि सारेका योजनामा कर्णाली प्रदेश सरकार र संघिय सरकारले साथ नदिँदा दुर्गम जिल्ला मुगुको विपद्ले प्रताडित खत्याड गाउँपालिका विकासमा पछि परेको हो ।

माथिल्ला सरकारले बेवास्ता गरेपछि पालिकामा आउने न्यून बजेटले जनताका माग पुरा गर्न समस्या भएको गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले बताए । स्थानीय तहले प्राथमिकिकरण गरेर माग गरेका योजनामा बजेट नपठाएको र प्रदेश सरकार मातहतका कार्यालयहरुले सदरमुकाममा बसेर प्रभावकारी काम नगरी बजेट खर्च गरेको तर स्थानीय तहसँग समन्वय नगरेको अध्यक्ष शाहीको भनाई छ । ‘खत्याडको दुःख सरकारले देखेन । देशका प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीसँगै पटक पटक म आफैंले भेट गरेर योजना पेश गरेँ कुनै सुनुवाई भएन । संघ र प्रदेश सरकार स्थानीय तहसँग जोडिएनन् ।’ उनले अनलाईन सरोकारसँग भने, ‘बाढी पहिरोले खत्याडको खेती योग्य जमिन बगरमा परिणत भयो । तत्कालिन सरकारले संकटग्रस्त क्षेत्र घोषणा पनि गरेको थियो तर केही सहयोग मिलेन ।’ अघिल्लो वर्षको बाढीले खेतीयोग्य जमिन खोलाले बगाएर बगरमा परिणत भएको छ । बाँकी रहेका खेतमा खोलाको बालुवा, ढुङ्गा र माटो पसेर खेती गर्ने अवस्था छैन । खत्याडका माथिल्ला क्षेत्रहरुमा पर्याप्त कृषि उत्पादन हुने अवस्था छैन ।

नदि कटानसहितका विपद् जोखिम रहेको खत्याडका नागरिकका आधारभुत आवश्यकता पुरा गर्नै समस्या छ । सिमित स्रोतबाट असिमित माग पुरा गर्दै स्थानीय तहले नागरिकलाई विकास र समृद्धिको सपना बाँडिरहेको भएपनि संघ र प्रदेश सरकार तथा दातृनिकायको नजर नपर्दा अपेक्षाकृत काम हुनसकेको छैन ।

संघिय सरकारले मेघा प्रोजेक्टका रुपमा राखेका आयोजनामा समेत जम्मा ५ लाख बजेट पठाएपछि यहाँका सरोकारवाला र स्थानीय रुष्ट बनेका छन् । खत्याड क्षेत्रमा संघ र प्रदेशका केही आयोजना  सञ्चालनमा रहेपनि ती योजनाहरु विवादित र गुणस्तरहिन छन् ।

प्राकृतिक स्रोतसाधनका हिसाबले प्रचुर सम्भावना भएको खत्याड भौतिक विकासको पर्खाइमा छ ।

प्रकाशित मिति : २०८०, २५ पुस बुधबार ००:००  ८ : ०० बजे