२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधी माङ्सेबुङले जित्यो



प्रदेश स्तरीय अन्तर स्थानिय तह अध्यक्ष कपको उपाधी माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबलमा आयोजक मानेभञ्ज्याङलाई २–१ गोल अन्तरले पराजित गर्दै माङ्सेबुङ विजयी भएको हो ।

आज भएको फाईनल खेलमा माङसेबुङको तर्फबाट जितका लागि टिकाराम योङहाङ र निर्मल राईले १/१ गोल गरेका गरेका थिए । मानेभञ्ज्याङका विकास राईले १ गोल फर्काएका थिए ।

जित सँगै माङ्सेबुङले नगद पाँच लाख सहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीले बनेको रनिङ शिल्ड साथै मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद तीन लाख सहित मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको सेमिफानलिष्ट सिद्धिचरण नगरपालिका ओखलढुङ्गा र लालिगुराँस नगरपालिका तेह्रथुमलाई एक–एक लाख रुपैयाँ सहित मेडल र प्रमाण–पत्र पुरस्कार वितरण गरिएको आयोजक मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । कृषि, पर्यटन प्रवद्र्धन र युवाहरुमा रोजगारी सिर्जना साथै नेतृत्व विकास गर्ने उद्देश्यले प्रदेश स्तरिय स्थानिय तह अध्यक्ष कप फुटबल खेल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष रुम्दालीको भनाई छ ।

प्रतियोगितामा कोशी प्रदेशका ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, इलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानिय तहको सहभागीता थियो ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष योङहाङ, सर्वाधिक गोलकर्ता माङ्सेबुङका एलन लिम्बु र उत्कृष्ट खेलाडीको उपाधी मानेभञ्ज्याङ गाउँपालिकाका टिम क्याप्टेन राजु राईलाई प्रदान गरिएको छ ।

पुस १७ गते युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतियोगिता उद्घाटन गरेका थिए । 

खेलको समापन समारोहमा राष्ट्रियगानका रचियता व्याकुल माइला, प्रदेशका खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलगायतका अतिथिहरु सहभागी थिए ।

प्रकाशित मिति : २०८०, २७ पुस शुक्रबार ००:००  ५ : २४ बजे