२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलम्बुका अध्यक्ष भन्छन्- `मेलम्चीको पानी खाने काठमाडौंले मुहानका समस्या देखोस्´



सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौंबासीले मेलम्चीको मुहानका समस्या सुल्झाउन सहयोग गर्नुपर्ने बताएका छन् । मेलम्चीको पानी काठमाडौंमा पुनः आउन थालेसँगै हर्षित काठमाडौंले मुहानका समस्या समाधान गर्नुपर्ने मेलम्चीको पानीको मुहान भएको क्षेत्र हेम्बुका अध्यक्ष शेर्पाले बताएका हुन् ।

मेलम्चीको स्वच्छ, सफा पानी राजधानीलाई पठाउन आफुहरु निरन्तर लाग्ने र मुहानको समस्या समाधान र यस क्षेत्रको विकासका लागि साझेदारी गरिनुपर्ने शेर्पाले बताए । हेलम्बु भेगको विकासका लागि काठमाडौंका जनप्रतिनिधि संघिय सरकारलगायत सबैको ध्यान जाओस् । काठमाडौं बासीलाई पानी दिने कुरामा कुनै दुबिधा छैन तर दुइतर्फी सहयोग होओस भन्ने हाम्रो चाहना छ। अध्यक्ष शेर्पाले अनलाइन सरोकारसँग भने बाढीले थिल्थिलिएको अवस्था छ तसर्थ सबै बाटोहरु कालोपत्रे गर्न र खोलाका कारण बस्तीको जोखिम जस्ता हाम्रा समस्या समाधान गर्न त्यसबाट विकासमा लम्कन हाम्रो भेगलाई अझै समय लाग्छ त्यसमा सहयोग मिल्ने आशा छ । जलाधार क्षेत्र संरक्षण लगायत अन्य समस्या र जोखिम न्यूनीकरणमा समेत संघीय सरकारले सहयोग गर्नुपर्ने पालिका अध्यक्ष शेर्पाले बताए ।

मेलम्चीमा आएको बाढीका कारण आयोजना क्षतिग्रस्त भएदेखि अवरुध्द भएको मेलम्चीको पानी आजबाट काठमाडौंमा पुनः आउने थालेको छ । लामो समयको पर्खाइपछि सुचारु भएको आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।

स्वच्छ, सफा पानी पाएपछि राजधानीका उपभोक्ता उत्साहित भएका छन् ।

प्रकाशित मिति : २०८०, १ माघ सोमबार ००:००  ६ : १९ बजे