२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं ७ मा करोडौंका पर्यटकीय पूर्वाधार: नागरिकसँग साक्षात्कार गर्दै गगन र विमल



काठमाडौं महानगरपालिका ७ स्थित गंगाहिटी धोबीखोला करिडोरमा निर्मीत रुद्रेश्वर उद्धान उद्घाटन गरिएको छ । सांसद गगन थापाले आज एक कार्यक्रमका बीच पर्यटकीय क्षेत्रमा निर्मित उद्धानको उद्घाटन गरेका हुन् ।

उद्धान उद्घाटन गर्दै सांसद थापाले काठमाडौं महानगरपालिका ७ मा जनप्रतिनिधिको सकृयतामा भएका कामको प्रशंसा गरे । सांसदका हैसियतले आफुले पनि सक्दो पहल गरिरहेको थापाको भनाई छ ।

गंगाहिटी टोलमा भएका अरु विकासको उद्घाटन समेत गरिएको छ ।

काठमाडौं महानगरपालिका ७ भित्र करोडौंका अन्य पर्यटकीय पूर्वाधार विकासका काम थालिएका छन् ।

यसैबीच काठमाडौं महानगरपालिका ७ ले वडा अध्यक्ष विमल होडाले टोलटोलमा वडाअध्यक्ष कार्यक्रम सञ्चालन गरेका छन् । जनप्रतिनिधिका तर्फबाट वडाका तर्फबाट भए गरेका कामका जानकारी दिँदै नागरिकसँग सवाल जवाफ गर्ने अभियानको सुरुवात गरेका छन् ।

टोलटोलमा वडाअध्यक्ष कार्यक्रमले जनप्रतिनिधिको कामलाई संस्थागत गरेको छ भने नागरिकमा सन्तुष्टि बढेको छ । स्थानीय सरकार प्रतिका गुनासाहरु समाधान भएका छन् ।

प्रकाशित मिति : २०८०, १२ माघ शुक्रबार ००:००  ९ : ५७ बजे