२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा केही दिन ओरालो लागेको कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ । सोमबार मात्र थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ नयाँ संक्रमितहरु भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ४३, भक्तपुरमा ५, ललितपुरमा ३ जना कोरोना संक्रमित थपिएका जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । हाल देशभर ५ हजार ७ सय ३२ जना संक्रमित सक्रिय रहेका छन् भने १० हजार ४५२ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै थप ३५८ जना कोरोना संक्रमितहरु स्वास्थ्यलाभ लिएर घर फर्किएका छन् । यो संगै संक्रमण मुक्त भइ घर फर्किनेको संख्या १४ हजार ९६१ पुगेको छ । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ५७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, १९ श्रावण सोमबार ००:००  ११ : २८ बजे