२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी सेटिङमा अग्रवाल समुहको ठगी धन्दाः अरबौं घोटला



सरकारी सेटिङमा अग्रवाल समुहले ठगी धन्दा चलाएर अरबौं घोटला गरेको तथ्य बाहिरिएको छ । काठमाडौंको ढल्कोमा कार्यालय राखेर पशुपति ओभरसिज टेड्रर्सका सञ्चालकहरु मुकेश अग्रवाल र रतन अग्रवालले पहुँच देखाएर सरकारी संयन्त्रकै दुरुपयोग गरेर नेपाल सरकारलाई समेत ठगेर अरबौं घोटला गरेको खुलासा भएको हो ।

राजस्व अनुसन्धान बिभागका तत्कालीन महानिर्देशक दीर्घराज मैनालीले नक्कली भ्याटबिल बनाएर अरबौंको राजस्व अपचलन गर्ने अपराधिक गिरोहको पर्दाफास गरेपछि चीनबाट कच्चा पदार्थ ल्याएर नेपालमा बिक्री गर्ने र सोही सामान भारतमा बेचेको कीर्ते कागज बनाएर एक समूहले अरबौं रुपैयाँ मूल्य अभिबृद्धि कर (भ्याट ) रिफन्ड लिने गरेको खुलेको छ । 

चीनबाट कच्चा पदार्थ ल्याएर नेपालमा बिक्री गर्दै सोही सामान भारतमा बेचेको कागज बनाएर ‘भ्याट रिफण्ड’ गर्ने गिरोहको पहुँच बालुवाटारसम्म रहेको एक व्यवसायीले बताए । उनका अनुसार चीनबाट सिल्क पश्मिना धागो ल्याएर नेपालमा बिक्री गर्ने र सोही कागजको आधारमा नेपालको रिलाइन्स कम्पनीको नाइलन धागोको प्रयोग गरेर नयाँ सामान उत्पादन गरेर भारत बेचेर ‘भ्याट रिफण्ड’ गर्ने काममा पशुपति ओभरसिज टेड्रर्स लागेको तथ्य बाहिर आएको छ ।

त्यसका लागि आन्तरिक राजस्व विभाग अन्तर्गत करदाता कार्यालयका केही कर्मचारीले सहयोग गरिरहेका छन् । काठमाडौंको क्षेत्रपाटी नजिक ढल्कोमा कार्यालय रहेको पशुपति ओभरसिज टेड्रर्सका सञ्चालकक मुकेश अग्रवाल र रतन अग्रवालले भ्याट नम्वर ६०३९४१७४२ यो काम गरिरेका छन् ।

चीनबाट ल्याइएको धागोको सामान नेपालमै बिक्री गरेपछि आयातको काम सकिन्छ । तर, सोही बीलबिजकलाई प्रयोग गरेर नेपालमा उत्पादन गरेको सामान भारत लगेर भ्याटको रकम रिफण्ड लिँदा करोडौं राजस्व नेपाल सरकारलाई घाटा परेको छ । तर, यसबारेमा कसैले चासो राखेको छैन । कर कार्यालयका कर्मचारीकै मिलेमतोमा भइरहेको यो कामबारे पटक पटक उजुरी परे पनि सुनुवाइ भएको छैन । यो काममा प्रधानमन्त्री पुत्री गंगा दाहालकै नाम बेचेर पशुपति ट्रेडर्सका अग्रवालले करोडौं कमाइरहेका छन् ।

दश बर्षअघि मात्र भारतबाट काठमाडौं छिरेका यी अग्रवाल बन्धुले अहिले नेपाली नागरिकता प्रयोग गर्दै काठमाडौंको क्षेत्रपाटी ढल्को आसपासमा अरबौंको सम्पत्ति जोडिसकेका छन् । ढल्को आसपासमा चार वटा घर निर्माण गरेका यी अग्रवालहरु जो शक्तिमा आए पनि पैसा बुझाएर बार्षिक अरबौं भ्याट रिफन्ड गरी नेपालको अर्थतन्त्रलाई नै खोक्रो बनाउन तल्लीन छन् । त्यसो त नेपालमा हुण्डीको कारोवार गर्नेमा पनि यी अग्रवालहरुको नाममा आउँछ । यो समुहको पहुँच बालुबाटारसम्म रहेको बताइन्छ ।

स्रोतका अनुसार अग्रवालको १० वर्ष अघि कलकत्तामा भारतीय नागरिकता थियो । नेपाल प्रवेश गरेपछि उनले नेपाली नागरिकता समेत लिइरहेको स्रोतको दावी छ ।

चीनबट ल्याएको धागोले नेपालको अर्कै कारखानामा सामान उत्पादन गर्ने अनि त्यही सामान भारत निर्यात गरेको भन्दै भ्याट रिफण्ड गर्ने यी अग्रवालको समूहमा तीन जना रहेका छन् । नेपालको नियम अनुसार चीनको कच्चापदार्थ ल्याएर नेपालमा ‘फिनिसिङ’ गरेर भारत अथवा अर्को देशमा निर्यात गर्दा भ्याट सहुलियत हुन्छ । तर, अर्कै कच्चा पदार्थ प्रयोग गरेर नेपालमा निर्माण भएको सामान भारत लैजाँदा भ्याट रिफण्ड हुँदैन तर, पशुपति ओभरसिज ट्रेडर्सले भने सरकारी कर्मचारीको सहयोगमा यो काम गरिरहेको छ ।

आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालयकै कर्मचारीको मिलेमतोमा पशुपति ओभरसिज ट्रेडर्सले अरबौं भ्याट रिफन्ड लिइसकेको छ । पशुपति ट्रेडर्सका मुकेश अग्रवाल दाजुभाइको यस्तो धन्दालाई बालुवाटारकै संरक्षण भएकाले राजस्व अनुसन्धान विभागले समेत संरक्षण गर्दैआएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले चीनबाट कच्चा पदार्थ ल्याएर नेपालमा बिक्री गर्ने र सोही सामान भारतमा बिक्री गरेको देखाएर भ्याट फिर्ता लिन सहज नभएको बताए । उनले भन्सारबाट निकासी भएको प्रमाण सहित कीर्ते कागजात बनाएर भ्याट रिफन्ड लिएको उजुरी आएमा छानबिन गरेर दोषी भए कानुन बमोजिम कारबाही हुने बताए ।

प्रकाशित मिति : २०८०, १५ माघ सोमबार ००:००  २ : ३८ बजे