२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कराेडाैं केन्द्रिय बजेट ल्याएर गाउँको विकास गर्दै हेलम्बुका अध्यक्ष शेर्पा



सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले केन्द्रिय बजेट ल्याएर गाउँको विकास गर्ने अवधारणा ल्याएका छन् । पालिकामा प्राप्तहुने रकमबाट मात्रै हेलम्बुको विकास सम्भव नहुनेभएपछि अध्यक्षले माथिल्ला निकायमा पहुँच बढाएर बजेट ल्याउँदै गाउँमा ठुला आयोजना सञ्चालन गर्न थालेका हुन् ।

अध्यक्ष शेर्पाको पहलमा हेलम्बुमा करोडौंका पूर्वाधार विकासका आयोजना सञ्चालनमा छन् । पालिकाबाट योजना माग भइ बजेट निर्माणको चरणमा समावेश भएका आयोजनामा अहिले स्रोत सूनिश्चितता गराएर सहमति लिँदै बजेट ल्याउन शेर्पा सफल भएका छन् ।

अर्थमन्त्रालयबाट मेलम्ची बजार मेलम्ची हेडवक्स कम्पोनेन्ट नं. २२६ सिन्धुपाल्चोक शिर्षकमा १५ करोड बजेटको स्रोत सुनिश्चितता गरेर सहमति दिएको छ । हेलम्बु सडक खण्ड सुधारसहितको यो योजना सिन्धुपाल्चोकको गौरवको आयोजनाका रुपमा सञ्चालन हुनेछ ।

यसअघि पालिका भित्रका सबै सडक कालोपत्रे गर्ने योजना अन्तरगत चनौटे थापाटारदेखि घोप्टेघ्याङसम्म ग्रावेल र पिचका लागि प्रदेश नीति तथा योजना आयोगबाट बहुवर्षिय आयोजना अन्तर्गत यो सडक योजना स्वीकृत भएर २७ करोड ९८ लाख १३ हजार बजेट  विनियोजन भएको थियो ।

अन्य निर्माणाधिन र नयाँ आयोजनामा समेत शेर्पाले संघ तथा प्रदेश सरकारबाट करोडौंका योजना हेलम्बु ल्याएका छन् ।

हेलम्बुको समृद्धिका लागि पालिकामा नियमित प्राप्त हुने स्रोत मात्रै पर्याप्त नभएकाले आवद्यिक योजना निर्माण गरेर हरेक आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउँदै अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र अन्य निकायमा योजना पेश गरेर बजेट माग गर्ने गरिएको गाउँपालिका अध्यक्ष शेर्पाले अनलाइन सरोकारसँग बताए । केन्द्रबाट बजेट ल्याएर ठुला आयोजना सञ्चालन गर्ने र पालिकाको सिमित स्रोतबाट नागरिकको माग र आवश्यकताका आधारमा साना मझौला कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।

पूर्वाधार निर्माण र पर्यटन विकासलाई प्राथमिकता दिएको हेलम्बुमा स्थानीय जनप्रतिनिधिकै नेतृत्वमा पछिल्लो केही वर्षयता विकासले गति लिएको छ ।

हेलम्बुका अध्यक्ष शेर्पा माथिल्लो निकायमा पहुँच राख्ने र जिल्लाको विकासमा बजेट ल्याउन सक्ने नेताका रुपमा परिचित छन् ।

प्रकाशित मिति : २०८०, १६ माघ मंगलबार ००:००  ७ : २५ बजे