२०८१, १ चैत्र शनिबार | Sat Mar 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री कपको उपाधि पुलिसले जित्यो



छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

आर्मीले दिएको १८२ रन लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । पुलिसका शंकर रानाले अर्धशतक बनाए । उनले अविजित ६२ रन जोडे । आरिफ शेखले २७, अमीत श्रेष्ठले २८, अर्जुन साउदले ३६, कुशल भुर्तेलले १४, दिलिप नाथले ७ रन बनाए ।
बलिङमा आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, शाहव आलम र बसिर अहमदले १-१ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो । आर्मीका लागि विवेक यादवले ६३, सोमपाल कामीले ३९, इम्रान शेखले २८, कुशल मल्ल १७, सन्तोष कार्कि ७, भिम सार्की ५, कप्तान विनोद भण्डारी २, शाहव आलम २, जितेन्द्र मुखिया २, बसिर अहमद १ र सन्दीप रजाइली शुन्य रनमा आउट भएका थिए ।

६९ रनमा ७ विकेट गुमाएको आर्मीलाई सोमपाल र विवेकले उकासेका थिए । आठौं विकेटका लागि सोमपाल र विवेकले ५९ रनको साझेदारी गरेका थिए ।

बलिङमा पुलिसका ललित राजवंशीले र कप्तान दीपेन्द्रसिंह ऐरीले ३-३, सागर ढकाल, कुशल भुर्तेल र करण केसीले १-१ विकेट लिएका थिए ।

प्रकाशित मिति : २०८०, २० माघ शनिबार ००:००  ८ : १० बजे