२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरु भयो ‘भ्यालेन्टाइन डे’ : कुन दिन के गर्ने ?



प्रणय दिवस अर्थात् ’भ्यालेन्टाइन डे’ सप्ताह आजबाट सुरु भएको छ । प्रत्येक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन डे सप्ताह १४ फेब्रुअरीसम्म फरक फरक दिन फरक गतिविधि गरेर प्रेमील जोडिहरुले मनाउँछन् ।

पछिल्लो केही वर्ष यता नेपालमा भ्यालेन्टाइन डे मनाउने चलन बढेको छ । नेपाली समाजमा खुलेर माया प्रेम गर्नु त्यति राम्रो मानिँदैन तर लुकाएर देखाएर मायाँ गर्नेहरु बढेकै छन् ।

हुन त मायाँमा आदर्श हुँदैन आदर्शवादी मायाँ टिक्दैन । भन्नेहरुले भन्छन् -स्वच्छ मनले निश्वार्थ मायाँ गर्न घडिपर्ला हेर्नुपर्दैन, सप्ताह कुर्नुपदैन भन्छन् तर मनपरेका मान्छेलाई प्रेम प्रस्ताव गर्न र भएको सम्बन्धलाई थप प्रगाढ र राम्रो बनाउनका लागि भ्यालेन्टाइन डे सप्ताहलाई निकै महत्वपूर्ण मानिन्छ ।

भ्यालेन्टाइन डे सप्ताहको पहिलो दिन आज अर्थात् फेब्रअरी ७ लाई ‘रोज डे’ को रुपमा मनाइन्छ । आजको दिनमा आफ्नो प्रिय व्यक्तिलाई रातो गुलाफको फूल उपहार स्वरुप प्रदान गरेर एक अर्काप्रतिको सम्मान र मायालाई दर्शाउने गरिन्छ ।

जानौं ‘भ्यालेन्टाइन डे’ सप्ताहको ७ दिन : के के गर्ने त ?

फेब्रअरी  ७ : रोज डे – फुल उपहार दिने फुलको सुगन्दमा मायाँको आभाष गराउने ।

फेब्रअरी  ८ : प्रपोज डे – मन परेको मान्छेलाई मायाँको प्रस्ताव गर्ने ।

फेब्रअरी  ९ः चकलेट डे – चक्लेट उपहार दिने, गुलियो स्वादमा मन परेको मान्छेलाई भुलाउने ।

फेब्रअरी  १०ः टेडी डे – उपहार (डल) दिने, गिफ्ट साटासाट गर्ने । 

फेब्रअरी ११ः प्रमिस डे – मायालुसँग जीवन समर्पण गर्नेगरी विश्वास दिलाउने कसम खाने

फेब्रअरी  १२ः हग डे – अंकमाल गर्ने । 

फेब्रअरी १३ः किस डे –चुप्पा खाने ।

फेब्रअरी  १४ः भ्यालेन्टाइन डे : एक अर्कामा समर्पित हुने ।

प्रकाशित मिति : २०८०, २४ माघ बुधबार ००:००  ११ : ०८ बजे