२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बुढीनन्दाले जित्यो



बाजुराको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुढिनन्दा नगरपालिकाले जितेको छ । जिल्लाका अन्य ८ पालिकालाई पराजित गर्दै बुढीनन्दा नगरपालिकाले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको हो ।

माघ १५ गतेदेखि बुढिनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माविमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो । उक्त १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा एथेलेटिक्स, कबड्डी, भलिवल र मार्सलआर्ट लगायतका अलग अलग समूहमा १ हजार २९ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा नगरपालिकाले १८ स्वर्ण र २१ रजतसहित प्रथमा भएको छ । त्यस्तै १८ स्वर्ण, १४ रजत र ६ कास्य सहित बडीमालिका नगरपालिका द्धितीय भएको छ भने ८ स्वर्ण १४ रजत र ४ कास्यसहित खप्तड छेडेदह गाउँपालिका तृतीय भएको छ ।

त्यसैगरि प्रतियोगितामा बुढीगंगा नगरपालिकाले ७ स्वणर्, १ रजत र ३ कास्य, त्रिवेणी नगरपालिकाले २ स्वणर्, ८ रजत र ६ कास्य, स्वामिकार्तिक खापर गाउँपालिकाले ६ स्वणर्, २ रजत र ४ कास्य हासिल गरेको छ ।

त्यस्तै गौमुल गाउँपालिकाले ४ स्वर्ण र ३ रजत, जगन्नाथ गाउँपालिकाले २ स्वर्णर, २ रजत र ४ कास्य र हिमाली गाउँपालिकाले १ कास्य हासिल प्राप्त गरेको छ ।

करिब ७ दिन सम्म सञ्चालन भएको १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शान्त वातावरणमा समापन भएको खेलकुद समितिले जनाएको छ । २०८१ मा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्ड बुढिगंगा नगरपालिकामा हुने छ ।

प्रकाशित मिति : २०८०, २४ माघ बुधबार ००:००  ५ : ४५ बजे