२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका महासंघ बागमतीका अध्यक्षको पालिका विकासमा अगाडी



गाउँपालिका महासंघ बागमतीका अध्यक्ष कर्णबहादुर थापामगरको गाउँपालिका विकासमा अगाडी छ । गापा महासंघका प्रदेश अध्यषको पालिका सिन्धुलीको तीनपाटन गाउँपालिका भौतिक पूर्वाधार, आर्थिक तथा सामाजिक र मानव विकासका दृष्टिकोणले पनि अगाडी देखिएको हो ।

तीनपाटन गाउँपालिका भैगोलिक हिसाबले निकै विकट भएपनि जनप्रतिनिधिको अगुवाइमा भएका विकासका कामले छोटो समयमै दुर्गम गाउँ सुगम बनेको छ । कतिपय वडामा एउटै वडा कार्यालयको सेवा सम्पर्क कार्यालय राखेर २ ठाउँबाट दिनुपर्ने अवस्था छ । वडाभित्रै एकठाउँबाट अर्कोठाउँ पुग्न घण्टै लाग्ने अवस्था छ । यहाँ विकास गर्न अनेकौं चुनौती छन् । धेरै समस्या र थोरै सम्भावनाका बीच जनप्रतिनिधिको नेतृत्वमा भएका कामले तीनपाटन संघियतापछि छोटो समयमै समृद्धिको यात्रामा अघि बढेको छ ।

२०७४ मा निर्वाचित भएर जनपक्षीय काम गरेका गाउँपालिका अध्यक्ष थापामगर २०७९ को निर्वाचनबाट पनि अध्यक्षमा चुनिएका छन् । लामो समय सामाजिक राजनीतिक क्षेत्रमा सकृय उनी गाउँपालिका अध्यक्ष भएपछि विकासको मुल फुटाएर काम गरिरहेका छन् ।

भिडियोमा हेर्नुहोस् तीनपाटनको विकास :

प्रकाशित मिति : २०८१, ४ बैशाख मंगलबार ००:००  ३ : ४१ बजे