२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नबनाउनुः सर्वोच्च अदालत



काठमाडौं । सर्वोच्च अदालतले वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष 
नबनाउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णय कार्यान्वयन नगर्न गैँडाकोट नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

टिकाराम ओझा निवेदक रहेको रिटको गत जेठ २८ गते सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिहंको एकल इजलासले गत वैशाख २४ गते नगरपालिकाको शिक्षा समितिको निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

गत वैशाख २४ गते गैँडाकोट नगरपालिकाको शिक्षा समितिले वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको जिम्मेवारी दिने भनी गरेको निर्णय कार्यान्वयन गर्न विद्यालयलाई पत्राचार गरेको थियो । 

प्रकाशित मिति : २०७७, १९ श्रावण सोमबार ००:००  १२ : ०७ बजे