२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, चालक घाइते



ओखलढुंगाको चम्पादेवीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  । मंगलबार साँझ ५ बजेको समयमा ओखलढुंगाबाट चम्पादेवी बिलन्दुतर्फ जाँदै गरेको लु ३ त ९९७४ नम्बरको ट्याक्टर चम्पादेवी गाउँपालिका –७ जोखरिया दुम्सेखोलामा  अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार सिद्विचरण नगरपालिका – ७ का २१ बर्षीय फुर्तेम्वा शेर्पाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेको ट्याक्टरका चालक घाइते भएका छन् । चालक मोलुङ गाउँपालिका–२ का २५ बर्षीय अभय सुनुवारको टाउको र ढाडमा चोट लागि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए ।

घाइते चालकलाई उद्धार गरि ओखलढुंगा सामुदायिक मिसन पठाइएको र उनको अवस्था गम्भिर रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको छ ।

मृतकको शव र ट्याक्टर घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीले अनुसन्धान र बाँकी कानुुनी प्रकृया अघि बढाएको छ ।

प्रकाशित मिति : २०८१, ४ बैशाख मंगलबार ००:००  ८ : १९ बजे