२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वाधारसँगै मानव विकासमा फड्काे मार्दै लिसंखुपाखर



सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले पूर्वाधारसँगै मानव विकासमा फड्को मारेको छ । ठुलो भूगोल र पातलो बस्ति र भौगोलिक विकटताका कारण दुर्गममा पर्ने लिसंख्पाखर गाउँपालिकामा विकास गर्न थुप्रै्र चुनौती छन् । धेरै चुनौती र थोरै सम्भावनाका बीच गाउँपालिकाले समृद्धिका अभियान चलाइरहेको छ । वर्तमान जनप्रतिनिधिको नेतृत्व पाएपछि लिसंखुपारको विकासले गति लिएको हो ।

पूर्वाधार विकासका योजनाको डिपिआर गरेर काम थालेका यहाँका जनप्रतिनिधिले बजेट व्यवस्था गरेर     पालिकामा पूर्वाधार विकासमा गौरवका योजना सञ्चालन गरिरहेको छ ।

कार्यपालिकाको ऐतिहासिक प्रशासनिक भवन निर्माण सम्पन्न हुने चरणमा । सिंहदरबारको अधिकारसहित स्थापित सिंहदरबार नै गाउँमा झल्काउने गरी पालिका भवन बनाइएको छ ।

सडक र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको यो गाउँपालिकाले १ नं. वडा बाहेक सबै वडाका कार्यालय भवन निर्माण भइसकेका छन् ।

राजधानीबाट पालिकासम्म कालोपत्रेमा यात्रा गर्न सकिने बनाइएको छ । वाफल, सुकुटे, पेट्कु लगायतका सडक आयोजना र वडावडाबाट पालिकाको केन्द्र र पालिकाबाट अन्तरपालिका अन्तरजिल्ला जोड्ने नयाँ सडकको विकास र विस्तारसँगै पुराना सडकको स्तरोन्नती गर्नेकाम भइरहेको गाउँपालिका अध्यक्ष राजु लामाले बताए ।

लिसंखुपाखरमा उच्चस्तरीय रिङरोडको अवधारणा अघि बढाइएको छ । पालिकामा चक्रपथको योजना सम्भवतः यो नेपालकै नयाँ र नमुनाको योजना मानिएको छ ।

पुराना योजनाहरु सम्पन्न हुने चरणमा छन् भने नयाँ योजनाहरु सुरुवात हुने चरणमा छन् ।

भिडियोमा हेर्नुहोस् लिसंखुपाखरको विकास

प्रकाशित मिति : २०८१, ५ बैशाख बुधबार ००:००  १० : ३९ बजे