२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीकै लाइनमा प्रचण्ड- ‘सुखी नेपाली र समृद्ध नेपाल’ अल्टिमेट गोल



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको आर्थिक विकास र योजनाका लागि सबै दलहरूबीचको धारणा एउटै हुनुपर्नेमा जोड दिएका छ्न् । राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै राजनीतिक दल र निजी क्षेत्रको बीचमा अझ गम्भीर छलफल गरेरमात्रै नीति कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने कोसिस सरकारले गरिरहेको बताए ।

आफूहरूको प्रमुख लक्ष्य सुखी नेपाली, समृद्ध नेपाल नै रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘लगानी सम्मेलन लक्षित गरी अस्तिको क्याविनेटबाट केही ऐन संशोधन गरिएको छ । मलाई लाग्छ त्यसले आज औपचारिक रूप लिनेछ । त्यसैले हाम्रो अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो । त्यसमा विमति हुनुपर्ने कारण छैन । त्यसमा पुग्नको लागि सुशासन र सामाजिक न्यान अनिवार्य शर्त हो ।’

ओली २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । दोस्रोपटक २०७४ साल फागुन ३ गते सत्ताको बागडोर सम्हाल्दै गर्दा उनले ‘समृद्ध नेपालः सुखी नेपाली’ को मूल नारा अघि सारेका थिए । उनले अहिले पनि त्यसैलाई जोड दिँदै आएका छन् ।

उनले लगानी सम्मेलनलाई लक्षित गरेर सरकारले सिफारिस गरेको अध्यादेश आज राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८१, १३ बैशाख बिहीबार ००:००  १ : ०८ बजे