२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवायुवतीको प्रेम सम्बन्धको विषयमा दुई समूहबीच झडप, ७ सेल अश्रुग्यास प्रहार



धनुषामा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको छ । धनुषाको औरही गाउँपालिका(१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको हो ।

एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

प्रकाशित मिति : २०८१, १३ बैशाख बिहीबार ००:००  १ : ५५ बजे