२०८१, ४ जेठ शुक्रबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैरवकुण्डको प्रवर्द्धन गर्न साइकल यात्रा !



सिन्धुपाल्चोकमा अवस्थित भैरवकुण्डको प्रवर्द्धन  गर्न साइकल यात्रा गरिएको छ । नेपालकै प्रख्यात धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल भैरवकुण्डको प्रवर्द्धन  गर्न र भोटेकोशीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउन ३ दिने साइकल यात्रा गरिएको हो ।

भोटेकाशी गाउँपालिकाको आयोजनामा चाईनाको बोर्डर तातोपानीबाट भैरबकुण्ड ताल हुँदै बञ्जी जम्प सम्म ४० जना जनाले साइकल यात्रा गरेका छन् ।

२२ गतेदेखि ३ दिन सम्म यसक्षेत्रमा देशका विभिन्न स्थानका ४० जना साइकल यात्रीले साइक्लिन गरेको र यसले सिंगो भोटेकोशी र भैरवकुण्डको प्रवर्द्धनमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले अनलाइन सरोकारसँग बताए । अहिले ४० जना स्वदेशी साइकल यात्रीले भाग लिएको र आगामी दिनमा विश्वभरका साइकल यात्रीलाई भैरवकुण्ड क्षेत्रमा ल्याउने योजना रहेको अध्यक्ष शेर्पाको भनाई छ ।

भोटेकोशी गाउँपालिका भित्र पर्ने भैरवकुण्डसहितका चर्चित गन्तव्यको पूर्वाधार विकास र प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धन गर्ने भोटेकोशी गाउँपालिकाको नीति छ । पालिकाले पर्यटन प्रवर्द्धनमा योजनावद्ध काम गरिरहेको छ ।

किन जाने भैरवकुण्ड ?

प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने सुन्दर पर्यटकीय गन्तव्य हो । समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । त्यसले गर्दा यहाँको चहलपहल बढेको छ ।

भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेमा मनले चिताएका  पूरा हुने जनविश्वास रहेको छ । भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाउँ हो । कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ । अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरवकुण्ड पुग्ने गरेका छन् ।

अहिले हिउँदको समयमा सवारीसाधनमा डाक्लाङ, लिस्ती हुँदै चोकरमोकरसम्म पुग्न सकिन्छ । भैरवकुण्ड जाने बाटैमा पर्ने प्रसिद्ध लिस्तीमाइको दर्शन गर्दै जान सकिन्छ ।

सिन्धुपाल्चोकमा एक सयभन्दा धेरै कुण्ड तथा ताल रहेका छन् । साप्ताहित प्याकेजको यात्रा बनाएर पनि यस क्षेत्रमा भ्रमण गर्न सकिन्छ । काठमाडौँबाट नजिकै भएकाले पनि यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थलमा पर्यटक पुग्ने गरेका छन् । धार्मिक, आध्यात्मिक र प्राकृतिक हिसाबले रमणीय तथा सुन्दर भैरवकुण्ड पर्यटकको मनोकाङ्क्षा पूरा गर्ने उत्कृष्ट गन्तव्य बनेको छ ।

हाइकिङ र साइक्लिनका लागि झन यो क्षेत्र निकै उत्कृष्ट मानिन्छ ।

प्रकाशित मिति : २०८१, २४ बैशाख सोमबार ००:००  १२ : २२ बजे