२०८२, ११ जेठ शनिबार | Sat May 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नौकुण्ड गाउँपालिका अध्यक्ष घले हिरासतमुक्त



रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्षे नुर्बु स्याङ्बो घले हिरासतमुक्त भएका छन् । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका घले थुनामुक्त भएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानतमा छाड्ने निर्णय गरेपछि हिरासतबाट मुक्त गरेको नेपाल प्रहरीकव मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी ओमबहादुर रानाले बताए । मानव बेचबिखनको आरोपमा फरार रहेकाहरुलाई खोजी गर्ने क्रममा उनलाई ब्यूरोले २८ चैतमा पक्राउ गरेको थियो । रानाका अनुसार, घलेविरुद्ध २०७३ सालमै मुद्दा दर्ता भइसकेको थियो । तर, अनुसन्धान नभई पेन्डिङमा थियो ।

प्रहरीका अनुसार, घलेसहितको समूहले आर्थिक अवस्था कमजोर भएकी पीडितलाई कुवेतमा मासिक २८ हजार रुपैयाँ तलब दिने काममा लगाइदिने भन्दै मिलेमतोमा भारतको नयाँदिल्लीमा पु¥याएको थियो । त्यहाँबाट भिजिट भिसामा श्रीलंकाको कोलम्बोसम्म पु¥याएर पीडितलाई कुटपिट गरेर बन्धक बनाएर राखेको भन्ने आरोप लागेको थियो ।

प्रकाशित मिति : २०८१, २४ बैशाख सोमबार ००:००  ३ : ५८ बजे