२०८२, ७ माघ मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङको बडिगाडमा हाइड्रोजन ग्याँस उत्पादनः खाना पकाउने विधि प्रदर्शन



बागलुङको बडिगाडमा हाइड्रोजन ग्याँस उत्पादन गरिएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ खर्वाङमा रहेको गिन्दिखोला लघुजलविद्युत आयोजनामा खेर गइरहेको विद्युत बाट हाइड्रोजन ग्याँस उत्पादन गरिएको हो ।

गाउँपालिकाको पहल र विभिन्न दातृ निकायको प्रयासमा १ वर्ष लगाएर गाउँमै हाइड्रोजन ग्याँस उत्पादन गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताइन् । बडिगाड र आसपासका क्षेत्रका स्थानीयलाई हाइड्रोजन ग्याँस वितरण गरिने अध्यक्ष थापाको भनाई छ । गाउँकै खोलामा उत्पादन भएको ग्याँस स्थानीयले सुलभ दरमा सहजरुपमा प्रयोग गर्न पाउने छन् ।
नेपालमै नौलो विकासका रुपमा हेरिएको यो परियोजनाको सफल परीक्षण गरिएको छ । गाउँमै उत्पादित ग्याँसबाट खाना पकाउने प्रविधिको आज एक कार्यक्रमका बीच प्रदर्शन गरिएको छ ।

प्राविधिकद्धारा सफल परीक्षण र यसको उपयोगीता बारे सार्वजनिक प्रर्दशन भएपछि बडिगाडमा उत्पादन भएको ग्याँस अब योजनावद्ध रुपमा नागरिकका घरघरमा वितरण हुनेछ ।

प्रकाशित मिति : २०८१, २५ बैशाख मंगलबार ००:००  ७ : ५९ बजे