२०८१, ११ श्रावण शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी मन्त्रीले ओखलढुंगा पुगेर भने- ‘नेपाली जनताले अब पिठ्युँमा पानी बोक्नु पर्दैन’



खानेपानी मन्त्री राजेन्द्रकुमार राईले नेपालीले भोग्दै आएको खानेपानीको समस्या दिर्घकालिन रुपमा अन्त्य गरिने बताएका छन् । ओखलढुंगामा सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्दैै मन्त्री राईले पानी नै पिउन नपाउने नेपालीको समस्या सधैंका लागि अन्त्य गर्नेगरी सरकारले काम गरिरहेको बताएका हुन् ।

मन्त्री राईले देशका कतिपय ठाउँमा अझै पनि खानेपानीको सहज पहुँच नरहेकोले ति स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नेपालीमाझ स्वच्छ खानेपानी पु¥याउन आफुहरुको योजनावद्ध काम गरिरहेको बताए । पिठ्युँमा पानी बोक्नुपर्ने दिनको अन्त्य गर्नेगरि आफु मन्त्रीमा नियुक्त भए देखि नै काम गरिरहेको उनको भनाई छ । ‘पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यताको चाँडै अन्त्य हुन्छ । घरघरमा धारा लगेर सबै नेपालीलाई स्वच्छ पानी खुवाउन सरकारले योजनावद्ध काम गरिरहेको छ ।’ मन्त्री राईले भने, ‘खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था हुन्छ । स्रोतको सदुपयोगमा उपभोक्ता समिति, आम नागरिक र सबै सरोकारवाला लाग्नुपर्छ ।’ आफुले उपभोग गर्ने खानेपानीको मुहान देखि चुहानसम्म आयोजनाको संरक्षण र सरसफाईमा सरकारको मुख नताकी उपभोक्ता आफैंले काम गर्नुपर्ने मन्त्री राईको भनाई थियो ।

ओखलढुंगाका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि  खतिवडाले ओखलढुंगाको सुख्खाग्रस्त क्षेत्रमा खानेपानीको समस्या रहेको र बजेटका लागि पहल गरिरहेको जानकारी दिँदै बजेट व्यवस्था गरिदिन मन्त्री राईको ध्यानाकर्षण गराए ।  जिल्लामा ठुला योजना ल्याउन आफुले पहल गरिरहेको खतिवडाको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य यज्ञराज सुनुवारले आोलढुंगामा संघीय खानेपानी आयोजनाको कार्यालय नहुँदा खानेपानीका ठुला आयोजना सञ्चालन नभएको भन्दै  कार्यालय स्थापनाका लागि पहल गर्न मन्त्री राईलाई आग्रह गरेका  छन् । आफु सांसद हुँदा जिल्लामा खानेपानीका दर्जनौं आयोजना ल्याएको स्मरण गर्दै सुनुवारले विगतमा सुरु भएका खानेपानी आयोजनामा बजेट नहुनु र नयाँ योजना ल्याउन नसक्नु दुखद् भएको बताए ।

कार्यक्रममा सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य मानविर राई, खानेपानी मन्त्रालयका सचिव शुरेस आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, स्थानीय उपभोक्तालगायत सहभागी थिए ।

ओखलढुंगा सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाका लागि संघीय सरकारको आठ करोड ६४ लाख ८० हजार ७६५, उपभोक्ताको नगद् लगानी १ करोड २३ लाख ५४ हजार ३९५ र उपभोक्ताको दुई करोड ४७ लाख आठ हजार ७९० बराबरको श्रमदान गरि कुल १२ करोड, ३५ लाख ४३ हजार ९५० लाख लागत लाग्ने गरी विस्तृत परियोजना प्रतिवेदन डिपीआर बनाइ बजेट व्यवस्था गरिएको थियो ।

आयोजना भने लागत अनुमान भन्दा कम खर्चमै सम्पन्न भएको छ । सगरमाथा घिमिरे निर्माण सेवाले ७ करोड ७८ लाख २५ हजार १ सय ६८ रुपैयाँ ४७ पैसामा ठेक्का लिएको थियो । वि.सं.२०७५ असार २५ बाट सुरु भएको योजनाको काम २०८० असारमा सम्पन्न भएको थियो ।

सह–लगानी खानेपानी आयोजना सञ्चालनपछि ओखलढुंगा सदरमुकाम क्षेत्रमा खानेपानीको समस्या समाधान भएको आयोजनाका सचिव रुपेश शाक्यले बताए । विगतमा ओखलढुंगा सदरमुकाममा खानेपानीको निकै समस्या थियो ।

प्रकाशित मिति : २०८१, २९ बैशाख शनिबार ००:००  २ : ०६ बजे