२०८१, ११ श्रावण शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा चट्याङ लागेर ४ जना बेहाेस्



ओखलढुंगामा चट्याङ लागेर ४ जना घाइते भएका छन् । जिल्लाको लिखु गाउँपालिका ३ जोगीगाउँ स्थित कृष्ण बहादुर जोगीको घरमा बर्षात्संगै अचानक परेको चट्याङ लागेर ४ जना घाइते भएका हुन् ।

कृष्णबहादुर जोगीकी श्रीमती वर्ष ३८ की कल्पना जोगी, छोरा वर्ष १६ का आशिष जोगी, छोरी वर्ष १३ र १० का पुजा र आरती जोगी घाइते भएका छन् । चट्याङ लागेर बेहोस भएका चारै जनालाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिष्टार सिंहले जानकारी दिए । चट्याङ लागेर बेहोस भएकाहरु होस्मा आएपनि मन आँतिने, हातखुट्टाहरु झम–झमाउनेलगायतका समस्या रहेको उनको भनाई छ ।

प्रहरीका अनुसार चट्याङका जोगीको उक्त घरको बिद्युतको मिटरबक्समा समेत क्षति भएको छ ।

जिल्लामा चट्याङका कारण वर्षेनी जनधनको क्षति हुने गरेको छ ।

प्रकाशित मिति : २०८१, ३० बैशाख आइतबार ००:००  १२ : ०६ बजे