२०८३, ३ भदौ बुधबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुच्चे नक्सा विवादले राष्ट्रपतिका आर्थिक विज्ञद्धारा पदबाट राजीनामा



राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर उनले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार स्वीकृत गरेको जानकारी दिएको छ।

सरकारले नेपालको चुच्चे नक्सा १ सयको नोटमा राख्न राष्ट्र बैंकलाई अनुमति दिएको थियो।

उक्त निर्णय अनुचित भएको भन्दै भारतीय सञ्चारमाध्यमहरूमा प्रतिक्रिया दिएपछि उनी पछिल्लो समय विवादमा मुछिएका थिए।

प्रकाशित मिति : २०८१, ३० बैशाख आइतबार ००:००  १२ : १५ बजे