२०८१, ११ श्रावण शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास



नेपाली मूलका भारतीय फुटबल लिजेन्ड सुनील क्षेत्रीले सन्यास घोषणा गरेका छन् । उनी भारतबाट सर्वाधिक गोल गर्ने कीर्तिमानी स्ट्राइकर हुन् ।

सामाजिक सञ्जाल एक्समार्फत एउटा भिडिओ जारी गर्दै क्षेत्रीले आउँदो जुन ६ मा हुने फिफा विश्वकप क्वालिफायरको कुवेतविरुद्धको खेल आफ्नो अन्तिम हुने बताए ।

‘मेरो १९ वर्षको यात्रा एउटा जिम्मेवारी, दवाव र अदम्य खुशीको समिश्रण थियो । मैले अब कुवेत विरुद्धको खेल मेरो सम्भवत अन्तिम हुनेछ,’ क्षेत्रीले भने ।

भारतीय फुटबलका पर्यायको रुपमा रहेका ३९ वर्षिय क्षेत्रीले देशका लागि ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । सने २००२ मा मोहन बगानबाट उनले फुटबलको यात्रा प्रारम्भ गरेका थिए । उनी सन् २०१० मा अमेरिकाको क्यान्सस सीटी विजार्ड तथा सन् २०१२ मा पोर्चुगलको स्पोर्टिङ सीपीमा आवद्ध भए । भारतमा उनले इस्ट बंगाल, डेम्पो, मुम्बई सीटी हुँदै अहिले बैंगलुरु एफसीबाट खेलिरहेका छन् ।

क्षेत्रको अन्तर्राष्ट्रिय फुटबल करिअर निकै शानदार छ । उनले एकल बलबुतामा भारतलाई थुप्रै अन्तर्राष्ट्रिय उपाधिहरु जिताएका छन् । सन् २००७, २००९ र २०१२ को नेहरु कप, सन् २०११, २०१५ र २०२१ को साफ च्याम्पियनसीपमा भारतलाई विजेता बनाउन क्षेत्रीको ठूलो हात थियो । उनले सन् २००८ को एएफसी च्यालेन्ज कपमा पनि भारतलाई जिताएका थिए, जसले गर्दा भारतले २७ वर्षपछि एएफसी एसीएन कपमा भाग लिन पाएको थियो ।

सन् २००२ मा डेब्यू गरेयता १५० म्याचमा ९४ गोल गरेका छन् क्षेत्रीले । अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय खेलाडीमध्ये उनी गोल स्कोरिङको हिसाबले लियोनल मेस्सी र रोनाल्डोभन्दा पछाडि तेस्रो स्थानमा छन् । अलटाइम फुटबलरहरुमध्ये चौंथो स्थानमा छन् । क्षेत्रीले पहिलो अन्तर्राष्ट्रिय गोल पाकिस्तानविरुद्ध गरेका थिए ।

प्रकाशित मिति : २०८१, ३ जेठ बिहीबार ००:००  १० : ५७ बजे