२०८२, ९ श्रावण बिहीबार | Thu Jul 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरजग्गा कारोबारमा आम्दानीको ७० प्रतिशतसम्म ऋण पाइने



नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा केही राहत दिएको छ । पछिल्लो समय सुस्त बनेको घरजग्गा कारोबारलाई गति दिन केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षमार्फत कर्जाको सीमा बढाएको छ ।

अबदेखि आम्दानीको ७० प्रतिशतसम्म कर्जा पाइने भएको छ । यसअघि आम्दानीको ५० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो । तर सो कर्जा पाउनको लागि कर चुक्ताको प्रमाणपत्र हुनुपर्नेछ ।

घरजग्गा आवास संघका अध्यक्ष भेषराज लोहनीले केन्द्रीय बैंकले व्यक्तिको हकमा यो सुविधा दिएको तर घरजग्गा कारोबार गर्ने कम्पनीलाई सो राहत नदिएको बताए ।

घरजग्गा व्यवसायीले आम्दानीको ८० प्रतिशतसम्म ऋण पाउनुपर्ने माग गर्दै आएका थिए ।

प्रकाशित मिति : २०८१, ४ जेठ शुक्रबार ००:००  ११ : ४० बजे