२०८१, ६ माघ आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेसहारा बालबालिकाको भविष्य उज्जवल बनाउँदै तमान गाउँपालिका



बागलुङको तमानखोला गाउँपालिकाले नेपालमै नयाँ र रचनात्मक काम गरेको छ ।  अन्य स्थानीय तहले शिक्षाको विकास र गुणस्तर सुधारमा मात्रै काम गरिरहेका बेला तमानखोलाले बेसहारा बालबालिकाको भविष्य उज्जवल बनाउने गरी काम थालेको हो ।

पालिका भित्रका अभिभावक विहिन, गरिब, अपाङ्ग, तथा विद्यालयको पहुँचमा पुग्न नसकेका    बालबालिकालाई लालनपालन र पठनपाठन गराउने सम्मको काम गाउँपालिकाले थालेको हो ।  गाउँपालिकाले तीन वर्षदेखि वडा नम्बर ३ तमान गाउँमा बालगृह सञ्चालन गरिरहेको छ ।

बाल्यकालमै सहारा नपाएका बालबालिकाको भविष्य अन्धकारमय हुने भएकाले अनाथ तथा बेसहारा बालबालिकालाई भविष्यमा सफल व्यक्ति बनाउने लक्ष्यका साथ पालनपोषण र पढाउन थालेका गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए । आर्थिक अवस्था कमजोर भई पढ्नबाट वञ्चित भएका बालबालिकालाई पालिकाले बालगृहमा आश्रय दिई पढाउने जिम्मा लिने अध्यक्ष बुढामगरको भनाई छ । शिशुकक्षा देखि कक्षा १२ सम्म पालिकाले पढाउने र उच्च शिक्षाका लागि समेत आवश्यक सहयोग गरिने अध्यक्ष बुढामगरले अनलाइन सरोकारसँग बताए । ‘नेपालमै नौलो काम हुनसक्छ मैले बेसहारा बालबालिको भविष्य उज्जवल बनाउने काम थालेको छु । लालनपालन र पठनपाठन मात्रै होइन संस्कारसहितको वातावरण पनि दिने गरी बालगृह नै सञ्चालन गरेर काम गरिरहेको छु ।’ अध्यक्ष बुढामगरले भने, ‘बेसहारा बालबालिका विस्तारै कुलतमा फस्ने र पछि गएर विभिन्न गलत काममा लाग्ने, शिक्षाको अवसर नपाउने अवस्थालाई तमानमा हामीले सुधार गर्दैछौं । अहिलेको सहारा विहिन बालक भोलिको देशको प्रतिठिष्त व्यक्ति बन्न सक्छ त्यसका लागि हामीले योजनावद्ध काम गर्दै आएका छौं ।’ तमानखोलामा कोही पनि अब सहारा विहिन हुनु नपर्ने र अहिले पालिकाले पढाएका बालबालिकालाई पछि रोजगारीका लागि समेत पहल गरिने अध्यक्ष बुढामगरको भनाई छ ।

गाउँपालिकाले सञ्चालन गरेको बाल गृहमा अहिले २९ जना छन् । उनीहरु मध्ये २ जनाले अघिल्लो वर्ष एसइइ परीक्षा दिइसकेका छन् ।

पालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गर्दै आएको छ । बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् ।

बेसहारा बालबालिकाको गाउँपालिका अभिभावक बनेपछि स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति : २०८१, ४ जेठ शुक्रबार ००:००  १ : ३२ बजे