२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलीदेखि फेरि जोरबिजोर प्रणाली लागू



काठमाडौं । सरकारले भोली (बिहीबार)देखि सवारी सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। सो निर्णय बिहीबारदेखि लागू हुने छ । सरकारले लकडाउन खोलेर अवस्थालाई सामान्यीकरण गर्न खोजिरहेको बेला संक्रमितको संख्या बढ्न थालेपछि फेरि यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।

यसअघि सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो । सरकारले साउन ९ गतेमध्यरातदेखि लागू हुनेगरी लकडाउन हटाएको थियो ।

प्रकाशित मिति : २०७७, २१ श्रावण बुधबार ००:००  २ : ०२ बजे