२०८१, १ चैत्र शनिबार | Sat Mar 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार विरुद्ध मशाल जुलुश निकाल्दै तरुण दल



नेपाल तरुण दलले सरकार विरुद्ध मशाल जुलुश निकाल्ने तयारी गरेको छ । सदन देखि सडकसम्म सरकार विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको नेपाली कांग्रेसको भातृ संस्था तरुण दलले आज साँझ राजधानीमा मशाल जुलुस निकाल्ने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएको गिरीबन्धु ‘टी’ स्टेट, गृहमन्त्री रवि लामिछानेसँग जोडिएको सहकारी ठगी र भ्रष्ट्राचारलाई संरक्षण गरेको भन्दै प्रधानमन्त्रीको समेत विरुद्धमा तरुण दलले बृहत मशाल जुलुस निकाल्ने तरुणदलका केन्द्रीय सदस्य प्रेम शाही ठकुरीले अनलाइन सरोकारलाई जानकारी दिए । सरकारको अलोकतान्त्रिक, निरङ्कुश चरित्र र सहकारी ठगी विरुद्ध निरन्तर आन्दोलनका कार्यक्रमहरु हुने उनको भनाई छ ।

सरकार विरुद्धको जुलुश पशुपती बहुमुखी क्याम्पस चावहिल प्राङगनमा अहिले केहीबेरमा सुरु हुने नेपाल तरुण दलले जनाएको छ ।

तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङलगायतका शिर्ष नेताहरु जुलुशमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २०८१, १४ जेठ सोमबार ००:००  ४ : ५० बजे