२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेटमा ‘रारा’ नआएपछि सरकारसँग छायाँनाथका मेयर फायर : रारामा मन्त्री निषेध !



मुगुको छायाँनाथ राराका मेयर विष्णुकुमार भामले नेपाल सरकारका मन्त्रीहरुलाई रारामा निषेध गर्ने घोषणा गरेका छन् । राराको पर्यटन प्रवद्र्धनका लागि गरेको वाचा अनुसार बजेट विनियोजन नगरेको भन्दै मेयर भामले रारामा मन्त्रीलाई निषेध गर्ने घोषणा गरेका हुन् ।

नेपाल सरकारका मन्त्रीहरु रारामा आउने, कार्यक्रम गर्ने, आनन्द लिने, परिवार लिएर घुम्न आउने, राराको विकासका लागि बजेट विनियोजन गर्ने आश्वासन दिने तर कार्यान्वयन नगर्ने भन्दै मेयर भामले नेपाल सरकारका मन्त्रीहरु प्रति असन्तुष्टि जनाएका छन् । विश्वका पर्यटक तान्ने क्षमता राखेको रारा क्षेत्रलाई पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारले पहल गरेको र संघिय सरकारसम्म योजना माग गरेको भएपनि सरकारले बजेटमा रारा भन्ने शब्द समेत नछुवाएकाले आगामी दिनमा मन्त्री र उच्चपदस्तलाई खबरदारी स्वरुव रारामा प्रवेश निषेध गरिने मेयर भामको भनाई छ ।

उच्च पदस्त व्यक्तिहरु रारामा आएर देशबासीका नाममा सम्बोधन गर्ने, समृद्धिका सपना देखाउने तर रारा क्षेत्रका समस्या समाधानको कुनै पहल नगर्ने विगतलाई यसवर्षको बजेट नीति कार्यक्रममा पनि निरन्तरता दिएको मेयर भामले बताएका छन् । ‘रारा क्षेत्रमा जानेबाटो १ मिटर पनि पिच छैन, सडक जोखिमयुक्त छ । एउटा पनि मोटरेवल पुल छैन । पर्यटकलाई दुःख छ । तर पनि सरकार यो देख्दैन’ मेयर भामले अनलाईन सरोकारसँग भने, ‘राराको पर्यटन प्रवद्र्धन र स्थानीयको रोजगारीका लागि पहल नगर्ने मन्त्री र ठुलाठालुहरु रारामा आएर चिप्ला भाषण र मिठा कुरा गरेर कुनै काम छैन । त्यस कारण मन्त्री प्रधानमन्त्रीलाई रारामा अब निषेध गरिन्छ ।’ अन्य आन्तरिक तथा बाह्य पर्यटकका लागि  स्वागत गर्न तयार रहेको र स्थानीय सरकारको तर्फबाट राराको विकासमा अधिकतम् प्रयास गरिने उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी ओलीलगायतका नेताहरुले रारामा पुगेर विश्वकै सुन्दर पर्यटकीय क्षेत्र बनाउने पटक पटक वाचा गरेका थिए ।

मेयर भामले सामाजिक सञ्जाल फेसबुक मार्फत स्ट्याटस्मा लेखेका छन् :

यति राम्रो स्वर्गकी अप्सरा ,नेपालकै ठुलो ताल रारा लाई हिजोको बजेट बक्तव्यमा रारा भन्ने शब्द आएन कुनै पनि तहका मन्त्रीहरु सान गरेर रारामा ,माईन फेरेस गर्ने,सोर्गको आनन्द्रलिने , बर्षमा १ पटक रारामा कार्यक्रम गर्ने फोटो खिच्ने जाने खबरदार छायाँनाथ रारा नगरपालिकाले सम्पुर्ण मन्त्रीहरु लाई रारामा निषेध गरिएको छ ।

नोट : अन्य आन्तरिक तथा वार्य पर्यटक हरु लाई रारामा स्वागत छ ।

प्रकाशित मिति : २०८१, १६ जेठ बुधबार ००:००  ४ : ३५ बजे