२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काविल एसपी केसी : झापामा अपराध न्यूनिकरण र अपराधी नियन्त्रणमा सफल



नेपाल प्रहरी भित्र अपराध अनुसन्धानका काविल मानिने एसपी मिलन केसीले झापामा अपराध न्यूनिकरण र अपराधी नियन्त्रणमा सफलता हासिल गरिरहेका छन् । केसीको नेतृत्व पाएपछि झापा प्रहरीले छोटो समयमा जिल्लाको शान्ति सुरक्षामा रचनात्मक काम गर्दै अपराध न्यूनिकरण र अपराधी नियन्त्रण गर्न सफल भएको हो ।

रहस्यमय मानिएको घटना बिर्तामोड नगरपालिका वडा नं ४ निवासी विष्णुकुमारी विष्टको हत्यामा संलग्नहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । गत बैशाख २६ गते हत्या गरिएकी ६७ वर्षीया विष्टको घटना भएको  २१ दिन पश्चात्  हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलनको आयोजना गर्दै  हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

 हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बिर्तामोड ४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी , ३३ वर्षीय भगिरथ माझी र अर्जुनधाराका ४३ वर्षीय धनबहादुर कामीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेकामध्ये  गंगाप्रसाद राजवंशी हत्याको मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले जानकारी दिए ।

प्रहरी प्रमुख केसीका अनुसार सम्पत्तिको लोभमा चोरी गर्ने नियतले विष्टको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अनुसन्धानका क्रममा महेशले मतियारको रुपमा काम गरेको र वर्षाले चोरी गरेको सामान लुकाउन सहयोग गरेको अनुसन्धानमा खुलेको छ ।

त्यस्तै भगिरथले चोरी गरेका सामान विक्रीका लागि सहयोग पुर्याएको तथा धनबहादुरले चोरी गरेका सुनका गरगहना खरिद गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जनाएको छ ।

फलामे रड लगायतका हतियार प्रयोग गरि   विष्टको हत्यागरी निजले लगाएका सुनका गरगहना र  दराजमा राखिएका गरगहना एवं  नगदसमेत चोरीगरी लैजाने नियतले हत्या गरिएको  प्रहरीले जनाएको छ ।

घटनाको प्रमाण अनुरुप सुनको जन्तर, रेन्च मार्तोल सिक्री लगायतका सामग्रीसमेत प्रहरीले बरामद गरेको छ ।

गत बैशाख २६ को उक्त घटनामा संलग्नको खोजीका लागि प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कोशी प्रदेश अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिको १४ जनाको संयुक्त प्रहरी टोलीले २० दिनको अनुसन्धान पश्चात आरोपितहरुलाई पक्राउगर्न सफल भएको जनाएको छ ।

हत्यारा पत्ता लगाउन प्रहरीको तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको थियो ।

झापामा केसीले प्रहरीको कमाण्ड सम्हालेपछि विभिन्न अपराधमा संलक्ष्न भएका व्यक्ति र समुहको भागाभाग मच्चिएको छ ।

प्रकाशित मिति : २०८१, १८ जेठ शुक्रबार ००:००  ४ : १६ बजे