२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौ ७ का वडाअध्यक्षको योजना : वडाबासीलाई सेवा, आगन्तुकलाई सुन्दरता

चावहिल सुन्दर बनाउँदै वडाअध्यक्ष विमल



काठमाण्डौ महानगरपालिका ७ का वडाअध्यक्ष विमल कुमार होडाले आफ्नो वडालाई सन्दर बनाउने महत्वकांक्षी योजना ल्याएका छन् । वातावरणीय प्रदुषण र मापदण्ड विपरितका संरचना हटाएर वडालाई सफा, स्वच्छ र सुन्दर बनाउने वडाअध्यक्ष होलाले योजना अघि सारेका छन् ।

सवारी साधनको चाप, प्रदुषण, अव्यवस्थित बस्ति विकास, बढ्दो जनधनत्व, विद्युतका तार पोल र विज्ञापनका बोर्डले कुरुप बनेको चावहिल चोक आसपासको क्षेत्रका समस्या पहिचान गरेर समाधानमा लागिएको वडाअध्यष होडाको भनाई छ ।

नेपालको राजधानी काठमाडौं : काठमाडौंको पनि केन्द्रमा पर्ने यो वडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको छ ।

वडाबासीका लागि आधारभुत आवश्यकता तथा सरकारी सेवा पर्याप्त दिने र आगन्तुकका लागि स्वच्छ वातावरण र सुन्दरता दिने वडाको योजना छ । वडाका विभिन्न पर्यटकीय क्षेत्रकाे पूर्वाधार विकास र प्रचारप्रसार गरिएकाे छ । अन्य पूर्वाधार विकास पनि पर्यटन र दिगाे विकाससँग जाेडिएकाे छ ।

भिडियोमा हेर्नुहोस् चावहिल क्षेत्र कस्तो छ कसरी काम हुँदैछ ?

याे पनि हेर्नुहाेस्

प्रकाशित मिति : २०८१, २२ जेठ मंगलबार ००:००  ३ : १५ बजे