२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू



काठमाडौं । सरकारले आज (बिहीबार)बाट फेरि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस कोभिड–१९ को जोखिम बढेसँगै जोर विजोर प्रणाली लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए । यो प्रणाली काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २ सय जना भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा लागू हुनेछ ।

यो प्रणाली लागु भएका क्षेत्रमा जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारी साधान चलाउनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए । सरकारले गत २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकाका तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो । बिहीबारबाट राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न पनि रोक लगाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २२ श्रावण बिहीबार ००:००  २ : २० बजे