२०८१, ११ श्रावण शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद सचिवालयका प्रवक्ता पाण्डेमा कोरोना पुष्टि



काठमाडौं । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार लेखा समितिका सचिवसमेत रहेका पाण्डे अर्का संक्रमित सांसद प्रदीप यादवसँगै वनको अनुगमनका लागि गएका थिए ।

यादवलाई कोरोना पोजेटिभ देखिएपछि उक्त टोलीमा रहेका सबै सेल्फ आइसोलेसनमा बसेका छन् । टोलीमा रहेका अन्य सांसदहरुको पनि परीक्षण भएको थियो । तर, प्रवक्ता पाण्डेको मात्र कोरोना पोजेटिभ देखिएको हो सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २२ श्रावण बिहीबार ००:००  ९ : २२ बजे