२०८१, ८ असार शुक्रबार | Fri Jun 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रकाश कट्वाल एमाले सिद्धिचरण नगरकमिटी अध्यक्षमा निर्वाचित



नेकपा एमाले सिद्धिचरण नगर कमिटी अध्यक्षमा युवा नेता प्रकाश कट्वाल निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दोस्रो नगर अधिवेशनबाट कट्वालको अध्यक्षतामा सर्वसम्मत नगर कमिटी गठन गरिएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा अनुप श्रेष्ठ, सचिवमा मनोज मगर, उप–सचिव दुई पदमा रामकुमार श्रेष्ठ र उर्मिला धमला (बास्तोला) निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनले ४८ सदस्यीय नगरकमिटी गठन गरेको छ भने बाँकी ५ जना मनोनयन गरिने छ ।

अधिवेशनलाई नेकपा एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार, प्रदेश कमिटी सचिवालय सदस्य अम्बिरबाबु गुरुङ र जिल्ला कमिटी अध्यक्ष जिवी खड्कालगायतले सम्बोधन गरेका थिए ।

सिद्धिचरण नगरपालिकाको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी जिल्ला कमिटी उपसचिव राजिव कट्वाललाई तोकिएको थियो ।

जिल्लाका ८ मध्ये मोलुङ र मानेभञ्ज्याङ बाहेक अरु ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्दै पालिका अधिवेशन सकिएको एमालेले जनाएको छ ।  

प्रकाशित मिति : २०८१, २९ जेठ मंगलबार ००:००  ९ : ४१ बजे