२०८१, १२ असार मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पदम र सङ्गीताकाे सेवा-झोर्ले बजारमा (भिडिओसहित)



सेवा-झोर्ले गीत सार्वजनिक भएको छ । गीतको शब्द पदम साधना कुलुङ र विजय मगरले लेखेका हुन् भने सङ्गीत/सङ्कलन विजय मगरले नै गरेका हुन् ।

पदम राई र सङ्गीता मस्राङ्गी मगरले गाएको गीतमा एरेञ्ज, मिक्सिङ र मास्टरिङको काम देवेश राईले गरेका छन् । गीत माहोल स्टूडिओमा रेकर्डिङ्ग गरिएको हो ।

गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुमीन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा फिचर्ड छन् ।

भिडिओ निर्देशनको काम विजय मगरले नै गरेका हुन् भने दिनेश माङ्मुको कोरियोग्राफी छ । यस्तै इडिट र कलरिङको काम अर्जुन खड्काले गरेका छन् । पोस्ड प्रोडक्सन दामी क्रिएसनले गरेको हो ।

गीत फरक तवरले बनाउने कोसिस गरेको निर्माण टोलीले बताएको छ । त्यसो त गीतले राई र मगर समुदायलाई जोड्न खोजेको देखिन्छ । राई समुदायको साकेला र मगर समुदायको हुर्रा भाकामार्फत राई समुदायको मौलिक शब्द ‘सेवा’ र मगर समुदायको ‘झोर्ले’ लाई गीतमा अटाइएको छ ।

प्रकाशित मिति : २०८१, ३ असार आइतबार ००:००  १२ : ४२ बजे