२०८१, १२ आश्विन शनिबार | Sat Sep 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटामा ‘किबी’ खेती प्रवर्द्धन गर्दै महालक्ष्मी नगरपालिका



धनकुटाको महालक्ष्मी नगरपालिकाले ‘किबी’ खेती प्रवद्र्धन गर्न थालेको छ । बजारमा माग र मुल्य राम्रो रहेको ‘किबी’ महालक्ष्मीको वडानम्बर १ र २ मा प्रसस्त फल्ने भएको नगरपालिकाले नै यसको व्यवसायिक खेतीमा किसानलाई प्रोत्साहन गरेको हो ।

स्थानीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि महालक्ष्मीका किसानहरुले परम्परागत खेतीबाली लगाउने चलन मासेर ‘किबी’ खेतीमा जोड दिएका छन् । विरुवा लगाउनेदेखि फल बेच्नेसम्म नगरपालिकाले किसानलाई सहयोग गर्दै आएको नगरप्रमुख ध्रुवराज रायाले बताए । उत्पादित किबीको भण्डारण र प्रशोधनका लागि किबी प्रशोधन केन्द्र निर्माण गरिएको जानकारी दिँदै नगरप्रमुख रायाले महालक्ष्मीको किबीको ब्राण्डिङ र बजारीकरणका लागि पहल भईरहेको बताए ।


महालक्ष्मी रैथानेबालीका अलवा तरकारी र फलफुल खेतीको प्रचुर सम्भावना भएको क्षेत्र नगर हो ।


भिडियोमा हेर्नुहोस् महालक्ष्मीको किबीखेती

प्रकाशित मिति : २०८१, ३ असार आइतबार ००:००  ४ : ४० बजे