२०८१, १२ आश्विन शनिबार | Sat Sep 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटेकोशीको विकास नीति: पालिकाकै बजेटले करोडौंका काम गर्ने, ५ लाख तलका योजना नछान्ने



सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले नेपालमै नौलो विकास नीति लागू गरको छ । देशभरका अधिकांश स्थानीय तहले वार्षिक करोडौं बजेट स–साना योजनामा छुट्याउने र ठुला आयोजनाका लागि बजेट अभाव देखाउने गरिरहेका बेला भोटेकोशीले अन्य स्थानीय तहको भन्दा फरक विकास नीति ल्याएको हो ।

भोटेकोशीले ५ लाख मुनीका योजनामा बजेट विनियोजन नगर्ने र पालिकाकै बजेटबाट करोडौंका आयोजना सञ्चालन गरेर देखिनेगरी विकासका काम गर्ने नीति लागू गरेको हो ।

अहिले भोटेकोशी नदिमा गाउँपालिकाले आफ्नै बजेटबाट मोटेरेबल पुल बनाउन थालेको छ । स्थानीय सरकारले चाह्यो भने आफ्नै स्रोतबाट पनि देखिनेगरी काम गर्न सक्छ भन्ने उदाहरण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले देखाइरहेको छ ।

देशका अरु स्थानीय तहका प्रमुखहरु संघ र प्रदेश सरकारले बजेट र अधिकार नदिँदा सोचेजस्तो काम गर्न नसकेको भनेर जिम्मेवारीमा बसेर गैरजिम्मेवार जवाफ दिइरहेका बेला भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले पालिकाकै बजेटबाट ठुला र दिर्घकालिन महत्वका योजनाका काम गरिरहेका छन् ।

भोटेकोशी नदिमा पुल नहुँदा यसक्षेत्रका नागरिकलाई आवतजावतमा समस्या भएको र माथिल्ला निकायमा पटक पटक पहल गर्दा बजेट नपरेपछि आफ्नै स्रोतबाट पुल निर्माणको काम थालेको र साना योजनामा बजेट नदिने नीति ल्याइएको गाउँपालिका अध्यक्ष शेर्पाको भनाई छ । ‘जनप्रतिनिधिले कार्यकर्ता पोस्न कनिका छरेझैँ छरेर बजेट सक्छन् नतिजामुखी काम गर्दैनन् भन्ने आरोप हामी भोटेकोशीका जनप्रतिनिधिलाई लाग्दैन ।’ अध्यक्ष शेर्पाले भने, ‘भोटेकोशी गाउँपालिकाको वर्तमान नेतृत्वले ५ लाख मुनीका योजना छान्दैन । १–२ लाख बजेटका योजना मान्दैन ।’

संघियताको जगमा यि र यस्तै नयाँ नमुनाका अब्बल काम गर्ने भोटेकोशी गाउँपालिका देशभरका स्थानीय तहमध्ये रचनात्मक र सिर्जनशिल काम गर्ने पालिकामा पर्छ । कार्यसम्पादन मुल्याङ्कनमा समेत भोटेकोशी देशभरका ४६० गाउँपालिका मध्ये दोस्रो र ७५३ स्थानीय तहमा पाँचौ नम्बरमा परेर पुरस्कृत पालिका हो ।

पालिकाकै बजेटबाट यसरी हुँदैछ भोटेकोशीमा काम हेर्नुहोस् भिडियोमा 

प्रकाशित मिति : २०८१, ४ असार सोमबार ००:००  ४ : ३२ बजे