२०८२, १४ जेठ मंगलबार | Wed May 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुको सोरु गाउँपालिकाले ल्यायो करिब ५४ करोडको बजेट, रैथाने बाली प्रवर्द्धनमा जाेड

धार्मिक पर्यटन पदमार्ग निर्माण र बिरामीका निम्ति एम्बुलेन्स सञ्चालन गरिने



मुगुको सोरु गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ५४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको १४औँ गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले आर्थिक वर्ष ०८१/८२ का लागि ५३ करोड ६१ लाख दुई हजार ९६ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

गाउँपालिकाले चालू आर्थिक वर्षमा ४६ करोड ४६ लाख ४७ हजार बजेट प्रस्तुत गरेको थियो। अघिल्लो वर्षको तुलनामा यसपटक पालिकाले झन्डै आठभन्दा करोड बढीको बजेट प्रस्तुत गरेको छ।

प्रस्तावित बजेटमध्ये पुँजीगततर्फ २२ करोड ८४ लाख ७० हजार र चालूतर्फ ३० करोड ६६ लाख ३२ हजार ९६ रुपैयाँ रहेको उपाध्यक्ष शाहीले जानकारी दिए। आन्तरिक स्राेतबाट ५० लाख उठाइने बताइएकाे छ। अघिल्लो वर्ष ३३ लाखकाे आन्तरिक स्राेत प्रस्ताव गरिएको थियो।

बजेटमा शिक्षा ,स्वास्थ्य, पूर्वाधार निर्माण, रैथाने बाली प्रवर्द्धन, सूचना प्रविधि, लैगिंक हिंसा न्यूनीकरणजस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको बताइएको छ। गाउँसभामा गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

११ वटै वडाका बस्तीस्तरमा सडक निर्माण, ५५ वटा बस्तीका स्थानीयलाई शुद्ध खानेपानी, ग्रामीण विद्युतीकरण, विद्यालय भवन निर्माण, वडाबाटै सेवा प्रवाह हुने गरी पूर्वाधार निर्माण गरिने नीति तथा कार्यक्रममा समेटिएकाे छ ।

नीति तथा कार्यक्रममा ग्रामीण पर्यटन प्रवर्द्धन, गाउँपालिकाभित्रका पुरातात्त्विक महत्त्व बोकेका ऐतिहासिक धार्मिक मठमन्दिरलाई जीर्णेद्धार गरी पर्यटकीय स्थलमा विकास गर्न विशेष जोड दिइएको प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले जानकारी गराए।

पालिकाले खेलकुद क्षेत्रको प्रवर्द्धन र विकास गर्न नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। पालिकाभित्र धार्मिक पर्यटन पदमार्ग निर्माण, बिरामीका निम्ति एम्बुलेन्स सञ्चालन गरिनेसमेत उल्लेख छ।

प्रकाशित मिति : २०८१, ११ असार सोमबार ००:००  ५ : ०९ बजे