२०८१, १२ असार मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रारा पुग्ने छोटो बाटो स्तरोन्नति सुरु



रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको तली तुम गाउँदेखि वडा नं ३ लामाचौरसम्मको सडक विस्तारको काम थालिएको हो ।

जिल्ला सदरमुकाम गमगढीबाट रारा पुग्न पैदल २ घण्टा र गाडीमा रारा विमानस्थल हुँदै जाँदा ३० मिनेट लाग्छ । गमगढी लामाचौर दूरी छोटो हुने भएकाले सडक विस्तारको काम सुरु गरिएको रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले बताए । उनले भने, ‘रारा तालको पर्यटन विकासमा टेवा पु¥याउन यो सडक विस्तार र स्तरोन्नतिको काम अघि बढाइएको हो ।’

विनम्र निर्माण सेवा सुर्खेतले ५५ लाख ४ हजार रुपैयाँमा सडक विस्तारको ठेक्का लिएको छ । २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । पर्यटकीय मार्गको विस्तारको काम धमाधम भइरहेको छ ।

३ किलोमिटर लम्बाइ रहेको उक्त पर्यटकीय सडकमा १.५ किलोमिटर दूरी ४ मिटर चौडाइको ग्राभेल र ४ सय ५० घनमिटर ग्याबिन जाली र २.५ किलोमिटर सडक चौडा पारिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । रारा पर्यटकीय मार्गको विस्तारको काम सम्पन्न भएमा गमगढीवासीका साथै कर्णाली करिडोर र कर्णाली राजमार्ग हुँदै मुगु जिल्ला सदरमुकाम गमगढी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राराताल पुग्न १० मिनेट मात्र लाग्ने छ ।

प्रकाशित मिति : २०८१, १२ असार मंगलबार ००:००  ९ : ०६ बजे