२०८१, १२ असार मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमाली गाउँपालिकाले ३७ करोड ५३ लाखको बजेट ल्यायो, रैथानेबाली संरक्षण र युवा रोजगारीमा जोड



बाजुराको हिमाली गाउँपालिकाले ३७ करोड ५३ लाख ८० हजारको बजेट ल्याएको छ । जारी गाउँसभामा उक्त बजेटको सिलिङभित्र रहेर योजनाको प्राथमिकिकरण र छनोट भईरहेको हो ।

३ दिनदेखि जारी गाउँसभामा नीति कार्यक्रम र बजेट माथि फलफल भईरहेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले अनलायन सरोकारसँग बताए ।

अध्यक्ष मल्लका अनुसार आगामी आर्थिक वर्ष २०८१-०८२ मा हिमाली गाउँपालिकाले विगतका गौरवका योजनालाई निरन्तरता दिने र कृषिलाई प्राथमिकतामा राखेर रैथानेबालीको संरक्षण एवम् प्रवद्र्धन, फलफुल खेती विस्तार गर्ने, पशुपाललाई व्यवसायिक बनाउने र युवालाई गाउँमै रोजगारीको अवसर मिलाउने नीति ल्याइएको छ ।

मानव विकास सूचकांकमा नेपालमै पछि परेको हिमाली गाउँपालिकाका सबै टोलबस्तिमा आधारभुत सेवा विस्तार गर्ने, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बजेट अभाव हुन नदिने र पूर्वाधार विकासलाई समेत निरन्तरता दिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सभामा गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष राजकला सार्कीले प्रस्तुत गरेको बजेट माथि छलफल भईरहेको छ ।

आगामी वर्ष हिमाली गाउँपालिकाले प्रदेश र संघ सरकारसँग समन्वय गरेर स्रोत वृद्धि गरेर पालिकाको समृद्धि र नागरिकको सेवा गर्ने नीति लिएको छ ।

प्रकाशित मिति : २०८१, १२ असार मंगलबार ००:००  १० : २९ बजे