२०८१, १२ असार मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले ल्यायो ३८ करोड ४३ लाख बजेट



बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले ल्यायो ३८ करोड ४३ लाख बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८१-०८२ का लागि नीति तथा कार्यक्रम र ३८ करोड ४३ लाख बजेट ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले गाउँसभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आर्थिक समिती संयोजक बिष्णु बहादुर बुढाले बजेट प्रस्तुत गर्नुभएको थिए । जसमा संघ वित्तीय समानिकरण ८ करोड ८२ लाख संघ सशर्त अनुदान (चालु, पुंजीगत) १४ करोड ८० लाख ८४ हजार संघ राजश्व बाँडफाँट ७ करोड ४१ लाख १ सय ४ रुपैया रहेको छ ।

संघ सरकारको समपुरक अनुदान पुंजीगत ८० लाख संघ विशेष अनुदान चालु १ करोड २० लाख संघ विशेष अनुदान पुंजीगत ९० लाख प्रदेश वित्तीय समानिकरण ७६ लाख ७३ हजार प्रदेश सशर्त अनुदान (चालु, पुंजीगत) ५८ लाख ५० हजार प्रदेश राजश्व बाँडफाँड ९ लाख ४५ हजार प्रदेश समपुरक अनुदान पुंजीगत १ करोड २८ लाख ५० हजार प्रदेश विशेष अनुदान चालु ५० लाख आन्तरिक श्रोत १ करोड २६ लाख ३५ जम्मा ३८ करोड ४३ लाख ३७ हजार १ सय रुपैयाँको बजेट ल्याएको हो ।

त्यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सभाका अध्यक्ष भरत बहादुर रोकायाले सबै जनताको हक बराबर सुखी जनता समृद्ध स्वामिकार्तिक खापर भन्ने मुल नाराका साथ गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गरि बिपदबाट प्रभावित पीडितहरुलाई व्यवस्थापन गर्ने स्वच्छ र सुन्दर गाउँपालिकाको पहिचान कायम राखी योजनावद्ध बस्ती बिकास र साना सहरीकरणका योजनालाई समेत यश नीति तथा कार्यक्रलाई प्राथमिकता दिने बताए ।

आगामी आर्थिक बर्ष २०८१-०८२ का लागि संघिय सरकार प्रदेश सरकारबाट प्राप्त बित्तीय अनुदान घटेर आएको बताए । स्वामिकार्तिक दर्पण स्थानीय पाठ्यपुस्तक प्रकाशन गरिने बताए ।

सामुदायिक बिद्यालयमा शिक्षक बिध्यार्थी अनुपातमा विषयगत दरबन्दी एबम शिक्षक मिलान नीति बनाईने बताउनुभयो । एक मावि एक करेसाबारी कार्यक्रम लागू गरिने बताए । त्यस्तै सबै बिद्यालयमा पुस्तकालय बिज्ञान र कम्प्युटर प्रयोगशालालाई नियमित संचालन गरिन, सामुदायिक बिद्यालयबाट एसइइ  र कक्षा १२ मा उत्कृष्ट बिद्यार्थीलाई छात्रवृत्तिको ब्यबस्थालाई निरन्तरता दिने, कर्तव्य निष्ठ ईमान्दार नियमित शिक्षक र उत्कृष्ट विद्यालयलाई मैना जोशी अक्षयकोष बाट पुरुस्कृत र प्रोत्साहन गरिने भएको छ ।

स्वामिकार्तीकले पालिकाका नागरिकहरुलाई मृगौला, मुटु उच्च रक्तचाप, मधुमेह जस्ता घातक रोगको निशुल्क जाँच र उपचारको प्रबन्ध मिलाउने नीति ल्याएको छ ।

पोषणमैत्री स्थानीय शासनको नीति अबलम्बन गर्दै गाउँपालिकामा व्याप्त रुपमा रहेको कुपोषण आगामी ३ बर्ष भित्र न्यूनीकरणका लागि बहुक्षेत्रीय पोषण लगायतका कार्यक्रमसंग समन्वय गरि लक्षित कार्यक्रमहरु संचालन गरिने पालिकाको नीति कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २०८१, १२ असार मंगलबार ००:००  १ : ५३ बजे