२०८१, १९ असार मंगलबार | Tue Jul 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसइइमा सबै विद्यार्थी पास गराउने चन्द्रज्योती माविलाई लिखुपिके गाउँपालिकाले ५० हजार दिने



सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले एसइइको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिका भित्रका विद्यालयलाई प्रोत्साहन गर्ने भएको छ । देशैभर एसइइको नतिजा कमजोर आइरहेका बेला पालिकागत नतिजा विश्लेषणमा समेत लिखुपिकेका केही विद्यालय उत्कृष्ट भएपछि गाउँपालिकाले नगदसहित प्रोत्साहन गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले गतवर्षको एसइइमा सतप्रतिशत विद्यार्थी उतिर्ण गराएको चन्द्रज्योती मावि भकान्जेलाई नगद ५० हजार दिने भएको छ । चन्द्रज्योति माविलाई कार्य सम्पादन मूल्याकंन र उत्कृष्ट नतिजा ल्याउन सफल भएको आधारमा प्रोत्साहन स्वरुप उक्त रकमसहित सम्मान गरिने छ ।

लिखु पिके गाउँपालिकाबाट ३ वटै माध्यामिक बिद्यालयबाट एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याए उतिर्ण हुने ४ जना छात्राहरुलाई समेत पालिकाले पुरस्कृत गर्ने भएको छ । पालिकाबाट प्रथम हुने चन्द्रज्योती माविकी छात्रा अस्मिता बस्नेतलाई १५ हजार, दोस्रो हुने हिमगंगा माविकी छात्रा सदिक्षा बस्नेतलाई १० हजार र तेस्रो हुने दुई जना चन्द्रज्योती माविकी छात्रा सम्झाना बस्नेत र हिमगंगा माविकी छात्रा फुरदिकी शेर्पालाई जनहि ५÷५ हजार दिइने गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले बताइन् । पालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दण्ड र पुरस्कारको नीति अनुरुप उत्कृष्टलाई प्रोत्साहन गरेर कमजोर विद्यालयलाई उत्कृण्ट बन्न प्रेरणा दिइने अध्यक्ष बस्नेतको भनाई छ ।

यसबर्ष लिखुपिके गाउँपालिकामा ९३ प्रतिशत बिद्यार्थी एसइइमा उतिर्ण भएका छन् ।

प्रकाशित मिति : २०८१, १८ असार सोमबार ००:००  ६ : ३० बजे